Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले सुरु गर्‍यो नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले सुरु गर्‍यो नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा
Photo / Coverage: टेक्नोलोजी खबर

इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा सुरु गरेको छ। यस सेवाको नाम ‘ट्राडक्सन लाइभ’ राखिएको छ। फ्रान्सेली भाषामा ‘ट्राडक्सन’ को अर्थ अनुवाद हो। फ्री म्याक्स र फ्री प्रो म्याक्स योजनाका ग्राहकले कुनै अतिरिक्त शुल्क नतिरी यो सेवा प्रयोग गर्न पाउनेछन्। यसका सबै प्राविधिक प्रक्रिया नेटवर्कमै सञ्चालन हुने भएकाले प्रयोगकर्ताले वेबसाइट वा फ्री एपबाट यसलाई सक्रिय गर्न सक्छन्। त्यसपछि फोन गर्दा वा कल उठाउँदा किप्याडमा ## थिचेर ‘ओके फ्री, ट्रान्सलेट इन्टु…’ भन्नुपर्छ र आफूले चाहेको भाषा उल्लेख गर्नुपर्छ। हाल यस सेवाले १० वटा भाषा समर्थन गर्छ। ती हुन्– जर्मन, अंग्रेजी, स्पेनिस, फ्रान्सेली, इटालियन, ब्राजिलियन पोर्चुगिज, रुसी, म्यान्डारिन चिनियाँ, कोरियाली र जापानी। ल्याङ्ग्वेज नलेज/ईयूले तयार पारेको सूचीअनुसार फ्रान्समा अंग्रेजी, स्पेनिस, जर्मन, इटालियन र पोर्चुगिज सबैभन्दा बढी बोलिने विदेशी भाषामध्ये पर्छन्। उक्त सूचीमा अरबी भाषा पनि समावेश छ, तर हाल यो सेवा अरबी भाषामा उपलब्ध छैन। ट्राडक्सन लाइभले कुराकानीमा सहभागी व्यक्तिको आवाजको नक्कल गर्न एआई प्रयोग गर्छ। यसले कुराकानीलाई अझ स्वाभाविक सुनिने बनाउने फ्रीको भनाइ छ। ल्यान्डलाइन फोनमा कल आएको अवस्थामा पनि यो सेवा प्रयोग गर्न सकिन्छ। फ्रीका अनुसार कल सकिएपछि सहभागीहरूले कुराकानीको सारांशसहितको लिखित विवरण प्राप्त गर्न सक्छन्। यसबाट भेटघाटको समय, भेट्ने स्थान वा व्यावसायिक छलफलका मुख्य बुँदाजस्ता महत्त्वपूर्ण विवरण सुरक्षित राख्न सकिन्छ। टेलिकम्स डटकमका अनुसार विश्वका अन्य देशमा रहेका नम्बरमा फोन गर्नुअघि फ्रीका ग्राहकले आफ्नो फोरजी/फाइभजी फोनले भोल्टे, भ्वाइस ओभर न्यु रेडियो वा भीओ वाइफाइ कलिङ सुविधा समर्थन गर्छ कि गर्दैन भन्ने सुनिश्चित गर्नुपर्ने हुन्छ। फ्रीका प्रमुख कार्यकारी अधिकृत निकोलस थोमसले भने, “ट्राडक्सन लाइभमार्फत फ्रीले मोबाइल भ्वाइस सञ्चारमा परिवर्तन ल्याउँदै छ। अब सबैले आफ्नै भाषा बोल्न र एकअर्काले भनेको बुझ्न सक्नेछन्। यो प्रयोग गर्न निकै सजिलो छ। छुट्टै एप आवश्यक पर्दैन र सामान्य आवाज आदेशबाट जुनसुकै बेला अनुवाद सक्रिय गर्न सकिन्छ।” उनले थपे, “हाम्रा फ्री म्याक्स र फ्री प्रो म्याक्स योजनाका सबै ग्राहकले सधैँझैँ कुनै अतिरिक्त शुल्कबिना यो सेवा पाउनेछन्।” फ्रीले गोपनीयता सुरक्षा र डाटा सार्वभौमिकता कायम राख्न अपनाएका उपायबारे पनि विशेष जोड दिएको छ। कम्पनीका अनुसार ट्राडक्सन लाइभ फ्रीकै टोलीले विभिन्न एआई प्रविधि प्रयोग गरेर डिजाइन र विकास गरेको हो। कुराकानी रेकर्ड नगरिने र एआई मोडेललाई तालिम दिन प्रयोग नगरिने कम्पनीको भनाइ छ। सबै डाटा प्रशोधन फ्रान्समा रहेका र फ्रीले नै सञ्चालन गर्ने सर्भरमा गरिन्छ। कुराकानीको सारांश तयार गर्न आवश्यक लिखित विवरण पठाइएपछि तत्काल मेटाइन्छ। यसका साथै, कल प्राप्त गर्ने व्यक्तिले चाहेमा ट्राडक्सन लाइभ प्रयोग गर्न अस्वीकार गर्न पनि सक्छन्। फ्रीका अनुसार यस्तो सेवा उपलब्ध गराउने ऊ फ्रान्सको पहिलो दूरसञ्चार कम्पनी हो। विश्वव्यापी रूपमा पनि यो प्रविधि सुरु गर्ने अग्रणी कम्पनीमध्ये एक हो। यसअघि फेब्रुअरीमा टी-मोबाइल यूएसले यस्तै सेवा सुरु गरेको थियो, जसले ५० वटासम्म भाषा समर्थन गर्छ। त्यस्तै, सेप्टेम्बरमा भोडाफोन र एरिक्सनले प्रयोगशालामा यस्तै प्रविधिको प्रदर्शन गरेका थिए। सुरुवाती चरणमा यस्ता सेवा उपलब्ध गराउने कम्पनीहरूले सामान्य फोन कललाई सहज र नवीन प्रविधियुक्त बनाएको जस पाउनेछन्। तर, भाषाको अवरोध हटाउने यस्तो प्रविधिको उपयोगिता व्यापक रहेकाले अबको केही समयमै कलकै क्रममा अनुवाद गर्ने सुविधा दूरसञ्चार सेवाको सामान्य विशेषता बन्ने देखिन्छ। The post इलियड कम्पनीको ‘फ्री मोबाइल’ ले सुरु गर्‍यो नेटवर्कमा आधारित एआई कल अनुवाद सेवा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमएटीसीएच ऐन लागू भए त्यसलाई कार्यान्वयन नगर्न अमेरिकालाई आग्रह गर्ने नेदरल्यान्ड्सको तयारी
TechnologyJust now

एमएटीसीएच ऐन लागू भए त्यसलाई कार्यान्वयन नगर्न अमेरिकालाई आग्रह गर्ने नेदरल्यान्ड्सको तयारी

एमएटीसीएच ऐन कानुन बनेमा त्यसले डच प्रविधि कम्पनी एएसएमएल र अन्य युरोपेली कम्पनीलाई असर पार्ने गरी चीनतर्फको निर्यातमा प्रस्तावित प्रतिबन्ध लागू नगर्न नेदरल्यान्ड्सले अमेरिकालाई आग्रह गर्ने भएको छ। नेदरल्यान्ड्सका व्यापारमन्त्रीले बिहीबार यस्तो बताएका हुन्। “हामीलाई जे गर्न भनिन्छ, त्यही मात्र गर्ने छैनौँ। यदि यो ऐन पारित भयो भने अमेरिकी प्रशासनलाई हाम्रो सन्देश यसलाई कार्यान्वयन नगर्नु भन्ने हुनेछ,” व्यापारमन्त्री स्योर्ड स्योर्ड्स्माले संसद्मा ...

टेक्नोलोजी खबर
EWB Nepal sparks innovation and creativity in Jumla
TechnologyJust now

EWB Nepal sparks innovation and creativity in Jumla

Engineers Without Borders Nepal (EWB Nepal) successfully organized an iJatra (Innovation Jatra) in Jumla on Friday. The event held at Shree Karnali Secondary School aimed to provide students with a platform to showcase their creativity, innovation, practical skills, and entrepreneurial potential. As informed, the event featured 14 stalls showcasing innovative products and creations developed by students, with active participation from students with ...

टेक्नोलोजी खबर
मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ
TechnologyJust now

मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ

मलेसियामा हानिकारक अनलाइन सामग्री नियन्त्रण गर्न असफल भएको आरोपमा गुगलविरुद्ध दायर गरिएको मुद्दाले उक्त अमेरिकी प्रविधि कम्पनीको मलेसियास्थित लगानीमा कुनै असर नपार्ने प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार बताएका छन्। मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोग (एमसीएमसी) ले बुधबार गुगलविरुद्ध १४ करोड ६० लाख डलरको मुद्दा दायर गरेको जनाएको छ। यस मुद्दाले दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियामा डाटा सेन्टर र अन्य पूर्वाधार निर्माणका लागि अर्बौं डलर ...

टेक्नोलोजी खबर
बेलायतको अटोमोबाइल उत्पादन अक्टोबरमा ४.८ प्रतिशतले वृद्धि
Technology41m ago

बेलायतको अटोमोबाइल उत्पादन अक्टोबरमा ४.८ प्रतिशतले वृद्धि

बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्ष ४.८ प्रतिशतले वृद्धि भएको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार अक्टोबर महिनामा कार तथा व्यावसायिक सवारीसाधन गरी कुल ६४ हजार १४१ वटा उत्पादन भएका छन्। एसएमएमटीका अनुसार कार उत्पादन लगातार तेस्रो महिनामा वृद्धि हुँदै ६.२ प्रतिशतले बढेर ६१ हजार ७४६ युनिट पुगेको छ। गत वर्ष अक्टोबरमा बेलायतका ठूला ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement