Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बेलायतको अटोमोबाइल उत्पादन अक्टोबरमा ४.८ प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतको अटोमोबाइल उत्पादन अक्टोबरमा ४.८ प्रतिशतले वृद्धि
Photo / Coverage: टेक्नोलोजी खबर

बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्ष ४.८ प्रतिशतले वृद्धि भएको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार अक्टोबर महिनामा कार तथा व्यावसायिक सवारीसाधन गरी कुल ६४ हजार १४१ वटा उत्पादन भएका छन्। एसएमएमटीका अनुसार कार उत्पादन लगातार तेस्रो महिनामा वृद्धि हुँदै ६.२ प्रतिशतले बढेर ६१ हजार ७४६ युनिट पुगेको छ। गत वर्ष अक्टोबरमा बेलायतका ठूला अटोमोबाइल उत्पादकमध्ये एक कम्पनीमा भएको ठूलो साइबर आक्रमणका कारण उत्पादन रोकिएकाले यस वर्षको वृद्धि तुलनात्मक रूपमा उच्च देखिएको हो। उत्पादन वृद्धिमा निर्यातको प्रमुख योगदान रहेको छ। कार निर्यात १४.२ प्रतिशतले बढेको छ। कुल कार उत्पादनमध्ये ८२.६ प्रतिशत निर्यात भएको छ, जुन सन् २०२४ डिसेम्बरयताकै सबैभन्दा उच्च मासिक अनुपात हो। युरोपेली संघ (ईयू) बेलायतको सबैभन्दा ठूलो निर्यात बजारका रूपमा कायम रहेको छ। कुल निर्यातमध्ये ५३.७ प्रतिशत हिस्सा ईयूको रहेको भए पनि त्यहाँ पठाइने सवारीसाधनको परिमाण भने ७.१ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ। एसएमएमटीका प्रमुख कार्यकारी माइक हाउजले उत्पादनमा निरन्तर देखिएको वृद्धिको स्वागत गर्दै बेलायतको सवारीसाधन उद्योग अझै दबाबमा रहेको बताएका छन्। उनले विश्व बजारमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला लगानी आकर्षित गर्न अनुकूल औद्योगिक वातावरण आवश्यक रहेको उल्लेख गरे। उद्योगको उत्पादन लागत अत्यधिक रहेकाले त्यसलाई घटाउने, ईयूसँग स्वतन्त्र तथा खुला व्यापार कायम राख्ने र शून्य उत्सर्जन सवारीसाधनसम्बन्धी सरकारी नीतिमा ठोस सुधार गर्ने आवश्यकता उनले औल्याए। एसएमएमटीको तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा बेलायतका कारखानाबाट कुल ६ लाख २८ हजार ६७८ वटा कार तथा व्यावसायिक सवारीसाधन उत्पादन भएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशत कम हो। एसएमएमटीको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२७ मा बेलायतको सवारीसाधन उत्पादन बढेर ७ लाख ५२ हजार युनिट पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, उत्पादन क्षेत्रमा प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्न सकेमा मात्र उद्योगको दिगो पुनरुत्थान र निरन्तर वृद्धि सम्भव हुने संस्थाले जनाएको छ। रासस/सिन्ह्वा The post बेलायतको अटोमोबाइल उत्पादन अक्टोबरमा ४.८ प्रतिशतले वृद्धि appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
TechnologyJust now

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ। परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका ...

टेक्नोलोजी खबर
साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द
TechnologyJust now

साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द

बेलायतको कार्य तथा पेन्सन विभाग (डी डब्ल्यूपी) ले आफ्ना प्रणालीमा साइबरसम्बन्धी घटना पहिचान गरेपछि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विभागले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै प्रभावित प्रणालीको अनुसन्धान तथा सेवा पुनः सञ्चालनका लागि काम भइरहेको जनाएको छ। डी डब्ल्यूपीले राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सरकारी साइबर समन्वय केन्द्रसँग नजिकबाट सहकार्य गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ। सेवाहरू सकेसम्म चाँडो ...

टेक्नोलोजी खबर
कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड
TechnologyJust now

कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड

१२ मंसिर, काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्न आउने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ। आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्री बादीले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै नागरिकको […] The post कर्णालीमा जारी ...

आइसिटी फ्रेम
च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई
TechnologyJust now

च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई

ओपनएआईले च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्ने प्रक्रिया केही प्रयोगकर्ताका लागि सुरु गरेको छ। तर, यो एकीकरणले आफ्नो प्रयोगमा सीमा लगाउन सक्ने भन्दै केही सदस्यता लिएका प्रयोगकर्ताले असन्तुष्टि जनाएका छन्। उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केही प्रो सदस्यका लागि यो अपडेट लागू गर्न थालिएको जानकारी दिएका छन्। यसअघि ओपनएआईले प्रयोगकर्तालाई पठाएको इमेलमार्फत ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement