Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द
Photo / Coverage: टेक्नोलोजी खबर

बेलायतको कार्य तथा पेन्सन विभाग (डी डब्ल्यूपी) ले आफ्ना प्रणालीमा साइबरसम्बन्धी घटना पहिचान गरेपछि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विभागले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै प्रभावित प्रणालीको अनुसन्धान तथा सेवा पुनः सञ्चालनका लागि काम भइरहेको जनाएको छ। डी डब्ल्यूपीले राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सरकारी साइबर समन्वय केन्द्रसँग नजिकबाट सहकार्य गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ। सेवाहरू सकेसम्म चाँडो पुनः सञ्चालनमा ल्याउने र सर्वसाधारणलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्ने प्रयास भइरहेको विभागले जनाएको छ। विभागका अनुसार नियमित सामाजिक सुरक्षा भत्ता तथा पेन्सन भुक्तानीमा भने कुनै असर पर्ने छैन। ती भुक्तानी पूर्वनिर्धारित समयअनुसार नियमित रूपमा जारी रहनेछन् । सेवासम्बन्धी सहायता आवश्यक पर्ने सेवाग्राहीले आफ्नो नियमित भत्ता सहायता सम्पर्क नम्बरमा फोन गर्न सक्नेछन् । विभागका कर्मचारीले आवश्यक सहयोग उपलब्ध गराउने जनाइएको छ। बेलायती सञ्चारमाध्यमका रिपोर्टअनुसार साइबर घटनाका कारण लाखौँ मानिस केही अनलाइन भत्ता तथा पेन्सन सेवामा पहुँच बनाउन असमर्थ भएका छन् । बेलायतका कार्य तथा पेन्सनमन्त्री प्याट म्याकफ्याडनले घटनालाई ‘गम्भीर साइबर घटना’ को संज्ञा दिएका छन्। घटनाको कारणबारे अहिले नै थप जानकारी दिन नसकिने उनले बताए। रासस/सिन्ह्वा The post साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड
TechnologyJust now

कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड

१२ मंसिर, काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्न आउने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ। आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्री बादीले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै नागरिकको […] The post कर्णालीमा जारी ...

आइसिटी फ्रेम
च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई
TechnologyJust now

च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई

ओपनएआईले च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्ने प्रक्रिया केही प्रयोगकर्ताका लागि सुरु गरेको छ। तर, यो एकीकरणले आफ्नो प्रयोगमा सीमा लगाउन सक्ने भन्दै केही सदस्यता लिएका प्रयोगकर्ताले असन्तुष्टि जनाएका छन्। उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केही प्रो सदस्यका लागि यो अपडेट लागू गर्न थालिएको जानकारी दिएका छन्। यसअघि ओपनएआईले प्रयोगकर्तालाई पठाएको इमेलमार्फत ...

टेक्नोलोजी खबर
कृषि विकास बैंक साफा (SAFA) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट लगातार दोस्रो वर्ष सम्मानित
TechnologyJust now

कृषि विकास बैंक साफा (SAFA) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट लगातार दोस्रो वर्ष सम्मानित

१२ मंसिर, काठमाडौं। कृषि विकास बैंक साफा (SAFA) द्वारा लगातार दोस्रो बर्ष “Certificate of Merit” अवार्ड बाट सम्मानित कृषि विकास बैंक लिमिटेड लगातार दोस्रो वर्ष साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (SAFA) द्वारा प्रदान गरिने ‘Certificate of Merit’ अवार्डबाट सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा उत्कृष्ट वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन प्रस्तुत गरेबापत […] The post कृषि विकास ...

आइसिटी फ्रेम
न्युयोर्क राज्यमा इन्टरनेट-सक्षम एआई च्याटबट खेलौनाहरूमा प्रतिबन्ध
TechnologyJust now

न्युयोर्क राज्यमा इन्टरनेट-सक्षम एआई च्याटबट खेलौनाहरूमा प्रतिबन्ध

अमेरिकास्थित न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले राज्यभित्र इन्टरनेटमा जोडिने एआई खेलौनाहरूको उत्पादन, वितरण र बिक्रीमा ५ वर्षका लागि प्रतिबन्ध लगाउने घोषणा गरेकी छिन्। यो विधेयकमा १४ नोभेम्बर २०२६ मा हस्ताक्षर गरिएको थियो र यो ९० दिनपछि लागू हुनेछ। यसले बालबालिकासँग कुराकानी गर्न इन्टरनेटको प्रयोग गर्ने एआई च्याटबट खेलौनाहरू—जस्तै रोबोट, पुतली र जनावरका खेलौनाहरूलाई प्रतिबन्धित गर्छ। यस कानुनअन्तर्गत, न्युयोर्क राज्यभरि उत्पादक र खुद्रा विक्रेताहरूलाई ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement