Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बिरामी अन्य अस्पताल पठाएर बेच्नेमाथि मानव बेचबिखन मुद्दा चलाउने गृहमन्त्रीको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिरामी अन्य अस्पताल पठाएर बेच्नेमाथि मानव बेचबिखन मुद्दा चलाउने गृहमन्त्रीको चेतावनी
Photo / Coverage: नेपालन्युज

विराटनगर। गृहमन्त्री सुधन गुरुङले उपचारका लागि आएका बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा लगेर बेच्ने गिरोह तथा संलग्न व्यक्तिहरूलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने चेतावनी दिएका छन्। सुनसरीको धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले प्रतिष्ठानमा अझै पनि बिरामी बेचबिखन हुने गरेको गुनासो सुन्नमा आएको बताए । ‘आफ्नै नागरिक कसैले बेच्दा गृह मन्त्रालय हेरेर बस्ने कुरा आउँदैन,’ उनले भने, ‘यस्तो नहोस् भनेर प्रहरीलाई निर्देशन दिइसकेका छौँ ।’बिरामीलाई अन्य अस्पतालमा लगेर बेच्ने र दुःख दिनेहरूलाई कडाभन्दा कडा कारबाही गरी कानुनी दायरामा ल्याउन एक–दुई दिनभित्रै विशेष अप्रेसन सञ्चालन गरिने उनले जानकारी दिए । यो विकृति सधैँका लागि अन्त्य गर्न निरन्तर अनुगमन र कारबाही अघि बढाइने उनको भनाइ छ । प्रतिष्ठान प्रशासनलाई समेत त्यस्ता गतिविधिमा संलग्नविरुद्ध मानव बेचबिखनअन्तर्गत जाहेरी दिन आग्रह गरेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले भने, ‘बिरामी बेच्नेहरूलाई अब हामी मानव बेचबिखनमै मुद्दा हाल्दिन्छौँ । बीपी प्रशासनलाई पनि त्यही भनेका छौँ— त्यस्तो गर्नेलाई मानव बेचबिखनतिर हालिदिनूस्, मुद्दा चलाउने हाम्रो काम हो ।’ धरानमा आफूले स्थानीय जनतासँग मिलेर ६–७ महिना आन्दोलन गरेको स्मरण गर्दै उनले प्रतिष्ठान सुधार गर्ने पहिलेदेखिकै एजेन्डा रहेको बताए । यस अभियानमा स्थानीय सांसद हर्क साम्पाङको समेत साथ रहेको उल्लेख गर्दै उनले एकअर्काको सहयोगमा काम अघि बढाइने जनाए । सोही क्रममा उनले प्रतिष्ठानमा लामो समयदेखि प्रतीक्षा गरिएको एमआरआई मेसिन खरिदका लागि स्वास्थ्यमन्त्रीले बजेट छुट्याइसकेको जानकारी दिए । यस्तै, एमसीएच भवनलगायतका नयाँ पूर्वाधार निर्माण भइरहेकाले ती संरचना तयार भएसँगै धरान र समग्र पूर्वी क्षेत्रका नागरिकको स्वास्थ्य सेवाको समस्या धेरै हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । एक अर्को प्रसङ्गमा गृहमन्त्री गुरुङले जोगबनी नाका आफ्नो मन्त्रालयअन्तर्गत पर्ने भएकाले त्यहाँको अवस्था बुझ्न र जिम्मेवारी पूरा गर्न आफू नाका अनुगमनमा जानेसमेत बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Latest NewsJust now

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक सहज भएको हो । पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन ...

नेपालन्युज
पेरुमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु
Latest NewsJust now

पेरुमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

पेरुमा हेलिकप्टर दुर्घटना हुँदा सेनाका आठ कर्मचारीको मृत्यु भएको छ। लागुऔषध खेती र ओसारपसारका लागि परिचित देशको दुर्गम क्षेत्रमा यो दुर्घटना भएको हो। बीबीसीका अनुसार अनुसार हेलिकप्टर बिहीबार राति बेपत्ता भएको थियो। यसअघि यसले तीन जना सैनिक उद्धार गरेको थियो। अधिकारीहरूका अनुसार हेलिकप्टर अपुरिम्याक, एनी र मन्तारो नदीहरूको उपत्... ...

नेपालखबर
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान
Latest NewsJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान

यी प्रतिबद्धतामार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि नि:शुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement