Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ
Photo / Coverage: टेक्नोलोजी खबर

मलेसियामा हानिकारक अनलाइन सामग्री नियन्त्रण गर्न असफल भएको आरोपमा गुगलविरुद्ध दायर गरिएको मुद्दाले उक्त अमेरिकी प्रविधि कम्पनीको मलेसियास्थित लगानीमा कुनै असर नपार्ने प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार बताएका छन्। मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोग (एमसीएमसी) ले बुधबार गुगलविरुद्ध १४ करोड ६० लाख डलरको मुद्दा दायर गरेको जनाएको छ। यस मुद्दाले दक्षिणपूर्वी एसियाली राष्ट्र मलेसियामा डाटा सेन्टर र अन्य पूर्वाधार निर्माणका लागि अर्बौं डलर लगानी गर्ने कम्पनीको योजनामा ​​कतै असर पर्ने त होइन भन्ने चिन्ता उब्जाएको छ। शुक्रबार यस कानुनी कदमको बचाउ गर्दै प्रधानमन्त्री अनवरले गुगलले गुनासोहरूको सुनुवाइ गर्न ढिलाइ गरेको र कतिपय गुनासाहरूको त आधा वर्ष बितिसक्दा पनि कुनै जवाफ नदिएको बताए। राजधानी क्वालालम्पुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “यी मुद्दाहरूले (लगानीमा) कुनै असर पार्ने छैनन्।” “हामीले अनलाइन जुवासम्बन्धी केही घटनाहरूबारे जानकारी गराएका थियौं, तर छ महिना बितिसक्दा पनि कुनै कारबाही गरिएको छैन।” एमसीएमसीको आरोप छ कि गुगलको स्वामित्वमा रहेको युट्युबले आफ्नो प्लेटफर्ममा हुने अनलाइन जुवा, ठगी र जालसाजीलाई सम्बोधन गर्न पर्याप्त कदम चालेन। साथै, एक विवादास्पद स्थानीय ब्लगरद्वारा प्रकाशित हानिकारक सामग्रीविरुद्ध पनि कम्पनीले कुनै सक्रिय कदम नचालेको आयोगको दाबी छ। गुगलले यसै महिना मलेसियामा आगामी दुई वर्षभित्र डाटा सेन्टर र अन्य पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेको छ। यो सन् २०२४ मा सार्वजनिक गरिएको २ अर्ब डलरको लगानी योजनाकै विस्तार हो। मलेसिया दक्षिणपूर्वी एसियामा नयाँ डाटा सेन्टरहरूका लागि सबैभन्दा तीव्र गतिमा विकास भइरहेको केन्द्र बन्दैछ। यी डाटा सेन्टरहरूमा ठूलो संख्यामा सर्भरहरू राखिएका हुन्छन्, जसले च्याटबट र तस्बिर सिर्जना गर्ने टूलहरु जस्ता एआई प्रविधिहरूलाई तालिम दिन र सञ्चालन गर्न मद्दत गर्छन्। प्रधानमन्त्री अनवरले बिहीबार गुगलकी अध्यक्ष तथा प्रमुख लगानी अधिकृत रुथ पोराटसँग कुराकानी भएको जानकारी दिए। उनले भने, “मैले हिजो रुथ पोराटसँग सम्पर्क गरेको थिएँ र उनले मलाई बताइन् कि यी समस्याहरू समाधान गर्न गुगलले सहयोग गर्नेछ।” यसअघि पनि मलेसियाले टिकटक लगायत अन्य प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूविरुद्ध कारबाही अघि बढाएको थियो। ती प्लेटफर्महरूमाथि “अत्यन्त आपत्तिजनक” मानिएका सामग्रीहरू हटाउन असफल भएको आरोप लागेको थियो। The post मुद्दाहरूले मलेसियामा गुगलको लगानीलाई असर नगर्ने प्रधानमन्त्रीको भनाइ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बेलायतको अटोमोबाइल उत्पादन अक्टोबरमा ४.८ प्रतिशतले वृद्धि
TechnologyJust now

बेलायतको अटोमोबाइल उत्पादन अक्टोबरमा ४.८ प्रतिशतले वृद्धि

बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्ष ४.८ प्रतिशतले वृद्धि भएको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) का अनुसार अक्टोबर महिनामा कार तथा व्यावसायिक सवारीसाधन गरी कुल ६४ हजार १४१ वटा उत्पादन भएका छन्। एसएमएमटीका अनुसार कार उत्पादन लगातार तेस्रो महिनामा वृद्धि हुँदै ६.२ प्रतिशतले बढेर ६१ हजार ७४६ युनिट पुगेको छ। गत वर्ष अक्टोबरमा बेलायतका ठूला ...

टेक्नोलोजी खबर
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
TechnologyJust now

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ। परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका ...

टेक्नोलोजी खबर
साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द
TechnologyJust now

साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द

बेलायतको कार्य तथा पेन्सन विभाग (डी डब्ल्यूपी) ले आफ्ना प्रणालीमा साइबरसम्बन्धी घटना पहिचान गरेपछि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विभागले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै प्रभावित प्रणालीको अनुसन्धान तथा सेवा पुनः सञ्चालनका लागि काम भइरहेको जनाएको छ। डी डब्ल्यूपीले राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सरकारी साइबर समन्वय केन्द्रसँग नजिकबाट सहकार्य गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ। सेवाहरू सकेसम्म चाँडो ...

टेक्नोलोजी खबर
कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड
TechnologyJust now

कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड

१२ मंसिर, काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्न आउने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ। आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्री बादीले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै नागरिकको […] The post कर्णालीमा जारी ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement