काठमाडौं । नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधाराद्वारा आयोजित कार्यक्रममाको ५४औं शृंखलामा प्राडा.भरतकुमार भट्टराईलाई मानव पुस्तका रूपमा प्रस्तुत गरियो । हरिभक्त सिग्देल ‘महेश’को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्राडा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने सुशीला शर्मा धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मानव पुस्तक प्राडा.भट्टराईले आफ्नो बाल्यकाल, युवाअवस्था, पढाइ, जागिर आदि विविध पक्षहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको दोस्रो चरणमा साहित्यकारहरूले रचनावाचन गर्नुभएको थियो । नवपुस्तकालयको कार्यकक्षमा भएको उक्त कार्यक्रममा महेशप्रसाद रिजालले गीत प्रस्तुत गर्नुभएको थियो भने वासुदेव गुरागाई, विनोद दाहाल वत्स, तेजनाथ दंगाल, सरस्वती खड्का, सुधीर थापा, ओमकुमारी रानाभाट, पुष्पा दाहाल तथा सुभद्रा अधिकारीले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रा.पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य राख्नुका साथै तथा रचनावाचन समेत गर्नुभएको थियो भने थरेन्द्र बराल, विजयध्वज थापा, राजेशमान केसी, मधुसूदनप्रसाद घिमिरे, रामचन्द्र दाहाल, ध्रुवराज थापा ‘पुरुष’, भुवन शिवाकोटी, सुन्दर खड्का, पार्वती अधिकारी ‘पारू’ र अनुराग अरुणले पनि आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा भुवन शिवाकोटीले गीत पनि गाउनुभएको थियो भने मदन नेपालले शुभकामना व्यक्त गर्नुभएको थियो । यसैगरी कलानिधि दाहालले धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रमको अन्त्यमा सभापति सिग्देलले सम्बोधनका साथै कार्यक्रमको समापन गर्नुभएको थियो ।
प्राडा.भट्टराई यसपटकको मानवपुस्तक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






