Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

एस्थेटिक फेशनको ट्रेन्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
एस्थेटिक फेशनको ट्रेन्ड
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ एस्थेटिक फेशनको आकर्षण बढ्दै गएको छ । विशेषगरी जेन-जी पुस्तामा आप्नो रुचि, व्यक्तित्व र जीवनशैली झल्किने गरी पहिरन छनोट गर्ने चलन लोकप्रिय बन्दै गएको हो । कसैलाई सादा र कम रङका कपडा मन पर्छन् भने कसैको रोजाइमा स्ट्रिटवेयर, ओल्ड मनी वा पुरानो शैलीका पहिरन पर्ने गरेका छन् । फेशन अहिले शरीर ढाक्ने वा राम्रो देखिने माध्यममा मात्र सीमित छैन । यो व्यक्तिको रुचि, सोच र व्यक्तित्व अभिव्यक्त गर्ने माध्यमसमेत बनेको छ । यही कारण पछिल्लो समय आफ्नो छुट्टै एस्थेटिक पहिचान बनाएर त्यसअनुसार ड्रेसिङ गर्ने प्रवृत्ति बढेको देखिन्छ । तर, आफ्नो एस्थेटिक कसरी पहिचान गर्ने र त्यसअनुसार पहिरन कसरी छनोट गर्ने भन्ने विषयमा धेरैलाई अन्योल हुनसक्छ । यसका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । एस्थेटिक भन्नाले सुन्दर, आकर्षक, कलात्मक र विशेष शैलीमा आफूलाई प्रस्तुत गर्ने फेशनलाई बुझिन्छ । यसमा लुगा, जुत्ता, ब्याग, गहना, मेकअप, हेयरस्टाइल र रङहरूको संयोजन गरेर एउटा निश्चित सौन्दर्यपूर्ण लुक तयार गरिन्छ । सरल भाषामा भन्नुपर्दा, आफ्नो पहिरन र लुकलाई सुन्दर, व्यवस्थित र आकर्षक देखिने गरी प्रस्तुत गर्ने शैली नै एस्थेटिक फेशन हो । आफ्नो रुचि पहिचान गर्नुहोस्आफ्नो एस्थेटिक तय गर्न सबैभन्दा पहिले आफूलाई कस्तो पहिरन मन पर्छ भन्ने बुझ्नुपर्छ । तपाईंलाई खुकुलो कपडा, चम्किला रङ तथा स्पोर्ट्स जुत्ता मन पर्छन् कि सादा रङ, शर्ट र शरीरमा मिल्ने फिटिङका कपडा ? आफ्नो रुचि र सहजतालाई आधार बनाएर स्टाइल छनोट गर्नु उपयुक्त हुन्छ । पिन्टरेस्टबाट लिनुहोस् प्रेरणाआफ्नो फेशन शैली पहिचान गर्न पिन्टरेस्ट उपयोगी माध्यम बन्नसक्छ । त्यहाँ आफूलाई मन परेका पहिरन, रङ संयोजन, जुत्ता र एक्सेसरीजका तस्बिर संकलन गरेर मूड बोर्ड बनाउन सकिन्छ । यसले आफूलाई कुन प्रकारको फेशन बढी मन पर्छ भन्ने बुझ्न सहयोग गर्छ । साथै, एउटै प्रकृतिका पहिरन र रङप्रतिको आकर्षणले आफ्नो एस्थेटिक पहिचान गर्न पनि सहज बनाउँछ । रुचिअनुसार अलमारी तयार गर्नुहोस्एस्थेटिक पहिचान गरिसकेपछि त्यसअनुसार अलमारीमा पहिरन थप्न सकिन्छ । सादा र कम रङको शैली मन पराउनेले सेतो शर्ट, सामान्य टप, न्युट्रल रङका कपडा र स्ट्रेट फिट पाइन्ट राख्न सक्छन् । त्यस्तै, स्ट्रिटवेयर मन पराउनेका लागि ओभरसाइज टी–शर्ट, ब्यागी जिन्स र स्पोर्ट्स जुत्ता उपयुक्त विकल्प हुनसक्छन् । ओल्ड मनी शैली मन पराउनेले क्लासिक शर्ट, ब्लेजर, ट्राउजर र सादा रङका पहिरनलाई प्राथमिकता दिन सक्छन् । महँगा कपडा नै चाहिन्छ भन्ने छैन, सही फिटिङ र रङ संयोजनले पनि आकर्षक लुक दिनसक्छ । एक्सेसरीजले दिन्छ छुट्टै पहिचानसामान्य पहिरनलाई समेत आकर्षक बनाउन एक्सेसरीजको भूमिका महत्त्वपूर्ण हुन्छ । औँठी, घडी, बेल्ट, टोपी, ब्याग र सनग्लासको प्रयोगले आफ्नो लुकलाई फरक बनाउन सकिन्छ । आफूले रोजेको एस्थेटिकसँग मेल खाने एक्सेसरिज छनोट गर्दा पहिरन अझ व्यवस्थित र आकर्षक देखिन्छ । नयाँ प्रयोग गर्न नडराउनुहोस्फेशनमा आफूलाई एउटै शैलीमा सीमित राख्नुपर्छ भन्ने छैन । पुरानो शैलीका पहिरनसँग आधुनिक एक्सेसरीज प्रयोग गर्न सकिन्छ भने सामान्य पहिरनसँग स्ट्रिटवेयर शैलीका जुत्ता पनि मिलाउन सकिन्छ । फरक–फरक शैली र रङ संयोजन प्रयोग गर्दै जाँदा आफ्नै छुट्टै पहिचान बनाउन सकिन्छ । ट्रेन्डभन्दा आफ्नै सहजतालाई प्राथमिकता दिनुहोस्सामाजिक सञ्जालमा लोकप्रिय छ भन्दैमा आफूलाई मन नपर्ने पहिरन छनोट गर्नु आवश्यक छैन । फेशनमा ट्रेन्ड पछ्याउनुभन्दा आफूलाई सहज लाग्ने र व्यक्तित्वसँग मेल खाने कपडा लगाउनु महत्त्वपूर्ण हुन्छ । अरूको शैलीबाट प्रेरणा लिन सकिए पनि त्यसको नक्कल गर्नुभन्दा आफ्नै रुचिअनुसार परिवर्तन गर्नु राम्रो हुन्छ । समग्रमा, एस्थेटिक फेशन कुनै एउटा निश्चित ट्रेन्ड वा पहिरनको नाम मात्र होइन । यो आफ्नो रुचि, व्यक्तित्व र सहजतालाई पहिरनमार्फत अभिव्यक्त गर्ने तरिका हो । त्यसैले फेशनमा अरूको नक्कल गर्नुभन्दा आफ्नै शैली पहिचान गरेर त्यसलाई आत्मविश्वासका साथ प्रस्तुत गर्नु नै एस्थेटिक ड्रेसिङको मुख्य विशेषता हो । एस्थेटिक भन्नाले सुन्दर, आकर्षक, कलात्मक र विशेष शैलीमा आफूलाई प्रस्तुत गर्ने फेशनलाई बुझिन्छ । यसमा लुगा, जुत्ता, ब्याग, गहना, मेकअप, हेयरस्टाइल र रङहरूको संयोजन गरेर एउटा निश्चित सौन्दर्यपूर्ण लुक तयार गरिन्छ । सरल भाषामा भन्नुपर्दा, आफ्नो पहिरन र लुकलाई सुन्दर, व्यवस्थित र आकर्षक देखिने गरी प्रस्तुत गर्ने शैली नै एस्थेटिक फेशन हो । एस्थेटिक फेशनका मुख्य विशेषताहरूमा रंगहरूको राम्रो संयोजन, शरीर र व्यक्तित्व सुहाउँदो पहिरन, सफा र व्यवस्थित लुक, पहिरन र एक्सेसरिजबीच तालमेल र आफ्नै रुचि र पहिचान झल्काउने शैली ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल
Latest NewsJust now

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल

गण्डकी । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक... ...

रातोपाटी
घटराज जयन्तीमा कण्ठस्थ कविता वाचन
Latest NewsJust now

घटराज जयन्तीमा कण्ठस्थ कविता वाचन

काठमाडौं । प्रसिद्ध साहित्यकार घटराज भट्टराईको ८५औं जन्मजयन्ती सन्दर्भ पारेर उहाँद्वारा रचित कविताहरू विभिन्न विद्यालयका बालबालिकाहरूले कण्ठ पारी वाचन गरे । घटराज मेमोरियल स्कुल कपनमा आयोजित उक्त कार्यक्रमको आयोजक घटराज भट्टराई स्मारक कोष रहेको थियो । कार्यक्रमको सभापतित्व उहाँकी धर्मपत्नी तथा कोषकी अध्यक्ष प्रभा भट्टराईले गर्नुभएको थियो भने साहित्यकार कोषराज न्यौपाने कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा बूढानीलकण्ठ ...

हिमालय टाइम्स
प्राडा.भट्टराई यसपटकको मानवपुस्तक
Latest NewsJust now

प्राडा.भट्टराई यसपटकको मानवपुस्तक

काठमाडौं । नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधाराद्वारा आयोजित कार्यक्रममाको ५४औं शृंखलामा प्राडा.भरतकुमार भट्टराईलाई मानव पुस्तका रूपमा प्रस्तुत गरियो । हरिभक्त सिग्देल ‘महेश’को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्राडा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने सुशीला शर्मा धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मानव पुस्तक प्राडा.भट्टराईले आफ्नो बाल्यकाल, युवाअवस्था, पढाइ, जागिर आदि विविध पक्षहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको ...

हिमालय टाइम्स
छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार
Latest NewsJust now

छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । छपकैया नेपाली समाजको आयोजना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement