नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्म १६ लाख थानभन्दा बढी सिम कार्ड आयात भएको छ। भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २ करोड १७ लाख ३४ हजार रुपैयाँ बराबरको १६ लाख २५ हजार २७ थान सिम कार्ड आयात भएको हाे। सिम कार्ड आयातबाट सरकारले ५२ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार सिम कार्ड चीन, भारत, बेलायत, मेक्सिको र सर्बिया गरी विश्वका ५ देशबाट आएको देखिन्छ। असोजसम्म सबैभन्दा बढी अर्थात् १६ लाख २० थान सिम कार्ड चीनबाट नेपाल आएको छ। यसको समग्र मूल्य २ करोड १४ लाख ६४ हजार परेको छ। यसैगरी, मेक्सिकोबाट १ लाख ५८ हजार बराबरको १५ हजार थान तथा बेलायतबाट १ लाख ११ हजार बराबरको १० हजार थान, भारतबाट १ हजार बराबरको १ थान र सर्बियाबाट १ हजार बराबरको ६ थान सिम कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ। विवरण यस्तो छः क्र. सं. देश परिमाण रकम हजारमा १ चीन १६०००२० २१४६४ २ मेक्सिको १५००० १५८ ३ बेलायत १०००० १११ ४ भारत १ १ ५ सर्बिया ६ १ The post असोज मसान्तसम्म नेपालमा २ करोडभन्दा बढीको सिम कार्ड आयात appeared first on Technology Khabar.
असोज मसान्तसम्म नेपालमा २ करोडभन्दा बढीको सिम कार्ड आयात

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






