भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि रेडक्रसले बनाउने भयो २ हजार घर, ५ हजारलाई भाडा सहायता

नेपाल रेडक्रस सोसाइटी र पुर्वाधार विकास मन्त्रालयको भवन विभागसँग आपसी समझदारी भएको छ । सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकका लागि दुई हजार घर बनाइदिनेगरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । एक हजार अस्थायी र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए। आवास निर्माणको लागि बिहीबार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता हो । सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। भण्डारीले दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने भण्डारीले बताए। घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउनेसमेत सहमति भएको उनले बताए। सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उनले जानकारी दिए।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिको यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको उनको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले विकासको यात्रामा धक्का लाग्दैमा ...

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित
२९ असोज, काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले पन्ध्रौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस… ...

पूँजीबजारमा संस्थागत लगानीकर्ता भित्र्याउन बोर्डको नीति : धितोपत्रमा ३० प्रतिशतसम्म लगानी प्रस्ताव
२९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ । यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्यअनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो । यस नीतिमा सरोकारवाला पक्षको रचनात्मक राय तथा… ...

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य काे-काे ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला ...


