Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य काे-काे ?

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य काे-काे ?

10/15/2026, 6:18:30 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य काे-काे ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्। त्यस्तै, ई. धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, गोपाल प्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, धर्मानन्द जोशीले ४५४, शमिरजंग शाहले ४५७, सुवास अधिकारीले ४४६, बिनोद कुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्। यसैगरी ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्न प्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, प्रा. डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैँमा च्याङ्ग्रा महँगियो : रोज्जाकै ५० हजार, मासु किलोको २२ सय
OthersJust now

दशैँमा च्याङ्ग्रा महँगियो : रोज्जाकै ५० हजार, मासु किलोको २२ सय

२९ असोज, बागलुङ । दशैँमा हिमाली भेँडा र च्याङ्ग्राको मासु खाने चलन पुरानो हो । घटस्थापनासँगै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा बागलुङ बजारमा भित्रिएका छन् । यसपटक मूल्य आकासिए पनि बागलुङमा च्याङ्ग्राको माग भने घटेको छैन । कोसेलीका रूपमा लैजान र दशैँमा च्याङ्ग्राकै मासु खाने पारखीहरूका कारण महँगो भए पनि व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन्… ...

अनलाइन खबर
सरकारले संसद्सँग समन्वय गर्न चाहेन : खुश्बु ओली
OthersJust now

सरकारले संसद्सँग समन्वय गर्न चाहेन : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदको बर्खे अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन् । संसद सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जनसरोकारका मुद्दा र कानुनी बहस ओझेलमा परेको उनको भनाइ छ । बिहीबार काठमाडौंमा आफ्नो संसदीय रिपोर्टकार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले अधिवेशनभर सरकारले संसदसँग आवश्यक समन्वय गर्न नचाहेको आरोपसमेत लगाइन् ...

पर्दाफास
ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ
OthersJust now

ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिको यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको उनको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले विकासको यात्रामा धक्का लाग्दैमा ...

पर्दाफास
नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित
OthersJust now

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित

२९ असोज, काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले पन्ध्रौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play