Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ

ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ

10/15/2026, 6:52:21 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिको यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको उनको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले विकासको यात्रामा धक्का लाग्दैमा असफल वा पराजित भएको अर्थमा बुझ्न नहुने बताए । उनले आफ्नो नेतृत्वको सरकारले अघि सारेका सामाजिक सुरक्षाका कार्यक्रम तथा सुधारका प्रयासलाई समाजवादउन्मुख राज्य निर्माणका कदमका रूपमा व्याख्या गरे । सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन, सहयोगापेक्षी सडक मानवको संरक्षण र सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासलाई उनले सरकारको जिम्मेवार व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गरे । ओलीले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कार्यक्रम तथा बालबालिकाका लागि सञ्चालन गरिएको ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी सोचबाट अघि बढाइएका कामका रूपमा चर्चा गरे । ‘हामीले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ, तर यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ,’ ओलीले भने । उनले शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा तथा ज्येष्ठ नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । सरकारको जिम्मेवारी आर्थिक हिसाबकिताब र जवाफदेहितामा मात्र सीमित नहुने उल्लेख गर्दै उनले नागरिकप्रति संवेदनशील भएर काम गर्नुपर्ने धारणा राखे । ‘सरकारको जिम्मेवारी केवल जवाफदेहिता र हिसाबकिताबमा सीमित हुँदैन । जसरी आमाले आफ्ना सन्तानको हेरचाह माया र आत्मीयताका साथ गर्छिन्, त्यसरी नै सरकारले पनि आफ्ना नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्छ,’ उनले भने । आफ्नो कार्यकालमा भएका विकास निर्माण तथा सामाजिक कामको आलोचनाप्रति टिप्पणी गर्दै ओलीले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डको विवादलाई सामान्य प्राविधिक विषयका रूपमा व्याख्या गरे । कुनै साइनबोर्ड हटाउँदैमा आफूहरूले गरेका सामाजिक कामको महत्त्व समाप्त नहुने उनको तर्क थियो । उनले सामाजिक कार्यक्रमले समाजमा पारेको प्रभाव र तिनको इतिहासलाई मेटाउन नसकिने दाबीसमेत गरे । समृद्धिको यात्राबारे धारणा राख्दै ओलीले नागरिकलाई सुखी बनाउन पहिले उनीहरूका दुःख, गरिबी र अभाव हटाउनुपर्ने बताए । नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण निर्माण गर्नु नै समृद्धिको आधार भएको उनको भनाइ थियो । ‘सुखी नेपाली बनाउने हो भने पहिले जनताका दुःख निवारण गर्नुपर्छ । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्छ,’ ओलीले भने, ‘पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति—यही सोचका साथ हामीले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएका थियौँ ।’ उनले सामाजिक न्याय, नागरिकको सुरक्षा र आधारभूत आवश्यकताको परिपूर्तिलाई समृद्ध नेपाल निर्माणको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

यल्लो गुम्बामा आश्रित बाढीपीडितको आक्रोश- १५ मिनेटको दूरीमा रहेको सरकारले किन देख्दैन ?
OthersJust now

यल्लो गुम्बामा आश्रित बाढीपीडितको आक्रोश- १५ मिनेटको दूरीमा रहेको सरकारले किन देख्दैन ?

अस्थायी शेल्टरका रुपमा यल्लो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितहरू संघीय सरकारसँग रुष्ट बनेका छन् । ५१ दिनको अवधिमा केन्द्रीय सरकारको नजरमा आफूहरू नपरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । ...

अनलाइन खबर
तीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
OthersJust now

तीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न

२९ असोज, काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । प्रशिक्षणमा नेपालका… ...

अनलाइन खबर
स्वस्तिमालाई अँगालेर निश्चलले लेखे, ‘जीवन जिउनु एउटा कला’
OthersJust now

स्वस्तिमालाई अँगालेर निश्चलले लेखे, ‘जीवन जिउनु एउटा कला’

पछिल्लो समय निश्चल बस्नेत निकै रोमान्टिक मुडमा छन् । देश, काल, परिस्थितिबारे चिन्तन गर्ने उनी अहिले परिवारकेन्द्रित भएका छन् । र, खासगरी दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् । उनको पछिल्लो स्टाटस हेर्दै जानुभयो भने उनी नितान्त दाम्पत्य सुखमा फर्किएको पाउनुहुनेछ । यस्तो लाग्छ, उनी दाम्पत्य प्रेममा चुलुम्मै डुबेका छन् । केही दिनअघि मात्र उनले लेखेका… ...

अनलाइन खबर
ह्यान्डबल टोली बंगलादेश जाने
OthersJust now

ह्यान्डबल टोली बंगलादेश जाने

२९ असोज, काठमाडौं । आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा प्रतिस्पर्धा गर्न नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play