चितवनको जुगेडीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

२८ असोज, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

काँग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए । ...

फर्सेका बाढीपीडितलाई छोएन दशैंको रौनकले
नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा ...

तीन कन्ट्रोभर्सी किङ : मुखै छाड्ने, जे पनि जान्ने
यसपालि तीन फिल्मबीच भिडन्त छ । कुन फिल्मले बाजी मार्छ ? यो प्रश्न तपाईं पुण्य गौतमलाई सोध्नुभयो भने उनले भन्दैनन्, ‘मलाई यसबारे थाहा छैन ।’ बरु उनले तपाईंलाई यसको जवाफ यसरी दिन्छन्, मानौँ उनै निर्देशक हुन् । उनै निर्माता हुन् । उनी वितरक हुन् । उनै हलवाला हुन् । समग्रमा उनै फिल्मका महापण्डित हुन् ।… ...

मुगुको आवासीय विद्यालयमा विद्यार्थीको चाप बढ्यो, छात्रावासको अभावले सास्ती
मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको प्रत्येक वर्ष चाप बढ्दै गए पनि छात्रावासको लागि भवन अभाव हुँदा विद्यार्थीहरूलाई दैनिक पठनपाठनमा मात्र नभई स्वास्थ्यमा समेत गम्भीर समस्या हुँदै गएको छ । यस आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षण बढ्दै गएपछि महिला तथा पुरुष छात्रावासको कोठा अभाव भएको छ। यसले गर्दा एउटै कोठामा १२ देखि १५ ...


