Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मुगुको आवासीय विद्यालयमा विद्यार्थीको चाप बढ्यो, छात्रावासको अभावले सास्ती

मुगुको आवासीय विद्यालयमा विद्यार्थीको चाप बढ्यो, छात्रावासको अभावले सास्ती

10/15/2026, 8:33:37 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मुगुको आवासीय विद्यालयमा विद्यार्थीको चाप बढ्यो, छात्रावासको अभावले सास्ती

मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नेपाल राष्ट्रिय माध्यमिक आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको प्रत्येक वर्ष चाप बढ्दै गए पनि छात्रावासको लागि भवन अभाव हुँदा विद्यार्थीहरूलाई दैनिक पठनपाठनमा मात्र नभई स्वास्थ्यमा समेत गम्भीर समस्या हुँदै गएको छ । यस आवासीय विद्यालयमा पछिल्लो समय विद्यार्थीहरूको आकर्षण बढ्दै गएपछि महिला तथा पुरुष छात्रावासको कोठा अभाव भएको छ। यसले गर्दा एउटै कोठामा १२ देखि १५ जनासम्म विद्यार्थीहरू कोचेर बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यसरी एउटै कोठामा धेरै विद्यार्थी बस्दा राति हल्ला हुने, झैझगडा हुने तथा शौचालय प्रयोग गर्नसमेत निकै सास्ती भोग्नुपरेको कक्षा १० का विद्यार्थी हिक्मत बलमले बताएका छन् । पठनपाठनका दृष्टिले विद्यालय निकै राम्रो भए पनि आवासीय व्यवस्थापनमा कठिनाइ रहेको कक्षा ९ का विद्यार्थी प्रेरणा बुढाले बताए। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार तथा शिक्षा क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले विद्यालयमा आवासीय भवन निर्माणका लागि सहयोग गरिदिए दैनिक पठनपाठनमा सहज हुने उनको भनाइ छ। यसका साथै, विद्यालयमा लामा समुदायका विद्यार्थीहरू समेत अध्ययन गर्ने भएकाले भाषा तथा चाडपर्व आदिका कारण पठनपाठनमा केही व्यावहारिक समस्या आउने गरेको अर्का विद्यार्थी चन्द्र बुमीले बताए छन् । हिमाली जिल्ला मुगु त्यसमाथि अति विकट मानिने मुगुमा कार्मारोङ्ग गाउँपालिकामा बसोबास गर्ने नागरिकहरू शिक्षाको पहुँचमा पछाडि परेका छन्। यस क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र शैक्षिक स्तर सुधार गर्ने उद्देश्यले राज्यका तीनै तहका सरकारको सहयोगमा वि।सं। २०७६ सालमा यो आवासीय विद्यालय स्थापना गरिएको हो। सुरुमा कक्षा ४ र ५ सम्म १ सय ५० जना विद्यार्थीबाट पठनपाठन सुरु गरिएको यस आवासीय विद्यालयमा हाल विद्यार्थीको सङ्ख्या बढेर ३ सय ५५ पुगेको छ । विद्यार्थीहरूको पठनपाठनका लागि केही कक्षाकोठा निर्माण गरिए पनि छात्रावासको समस्या भने अझै जस्ताको तस्तो छ। दुई वर्षअघि ’छाँया नेपाल’ नामक संस्थाले छात्राका लागि १ तल्ला, ४ कोठा र शौचालयसहितको सुविधा सम्पन्न भवन निर्माण गरिदिएको थियो। तर, हाल विद्यार्थीको सङ्ख्या अत्यधिक रूपमा बढेपछि छात्रावास भवनको अभाव चुलिँदै गएको छ। हालको लागि जेनतेन एउटै कोठामा १२ ,१५ जना सम्म विद्यार्थीहरूलाई राखेर व्यवस्थापन गरिएको विद्यालयका प्रधानाध्यापक कुशल शाहीले जानकारी दिएका छन् । विद्यालय सञ्चालनमा आएको ६–७ वर्ष भयो। पछिल्ला वर्षहरूमा क्रमशः पूर्वाधार निर्माण गर्ने कार्य नियमित भइरहेको छ। तर, ३ सय ५५ जना विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर पठनपाठन र बसोबास गराउन निकै समस्या भइरहेको छ । पछिल्लो समय छात्रावासको मुख्य समस्या देखिएको छ र यसको समाधानका लागि विद्यालय, स्थानीय सरकारलगायत विभिन्न निकायहरूसँग पहल भइरहेको छ । मुगुमा कार्मारोङ्ग गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास चन्द्र रावलले पनि समस्या प्रति स्थानीय सरकार गम्भीर रहेको बताएका छन् । अबको केही समय भित्रै छात्रावासको समस्या समाधान हुने समेत बताएका छन् । छात्रावासको अभावले गर्दा विद्यार्थी र शिक्षकहरूले दैनिक रूपमा भोगिरहेका समस्याहरूको दीर्घकालीन समाधानका लागि शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था, तीनै तहका सरकार र सरोकारवाला निकायहरूको समयमै गम्भीर ध्यान जानु आवश्यक देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
OthersJust now

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए ...

पर्दाफास
हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
OthersJust now

हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु

२९ असोज, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ ६ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ का धानुक सुनारको मृत्यु भएको हो । प्रहरीका अनुसार दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त… ...

अनलाइन खबर
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, कुन उम्मेदवारकाे कति मत?
OthersJust now

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, कुन उम्मेदवारकाे कति मत?

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन् । मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play