भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए । उनले सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएकी थिइन् । गुनासोअनुसार सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न भनिएको प्रजिअ अर्यालले बताए । उनले भने, ‘विमानस्थल परिसरको सुधार गर्नुपर्ने छ । मन्त्रीसँगै हामीले अनुगमन गर्यौँ । सुधार्ने प्रतिबद्धता गराइएको छ ।’ समग्र पूर्वाधार, सरसफाइ र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरुले पाएको उनले बताए । यसअघि पनि विमानस्थल परिसरमा पार्किङलगायतमा पटकपटक समस्या आउने गरेको थियो । प्रजिअ अर्यालका अनुसार उनी चितवन आएर १५ महिना यता गरिएका कार्यालय प्रमुखको बैठकमा विक उपस्थित नभएकाले यस अघि त्यहाँको समस्या र समाधानका बारेमा बुझ्ने र सुधार गर्न नसकिएको हो । उनले निकै गुनासो आएपछि मन्त्रीसहित आफूहरु गएर सुधार गर्न निर्देशन दिइएको जानकारी दिए । बुद्ध एयरले यहाँबाट काठमाडौँ दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । झण्डै ८०० यात्रु आवतजावत गर्दछन् । विमानस्थलको बोडिङ पछि प्रतीक्षा कक्षको शौचालयको गन्ध बाहिर आएको भन्दै यसअघि पनि पटकपटक गुनासो आउने गरेको थियो । कार्यालय प्रमुख विकले कतिपय कमीकमजोरी भएको जनाउँदै यसलाई सुधार गर्ने प्रतिबद्धता आफूले जनाएको बताए । अनुगमनपछि काम भइरहेको उनले जानकारी दिए । सडक अवरुद्ध हुँदा यात्रुका चाप बढेका कारण नजर पुर्याउन नसकिएको उनको भनाइ थियो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । ...

‘पक्कै, मेरा सन्तान हुनेछन्’ : सलमान खानले व्यक्त गरे पिता बन्ने इच्छा
यो प्रसंग ‘कफी विथ करण’को हो । ९ औं सिजन अर्न्तगत सुरु भएको यो टक शोमा यसपाली पहिलो गेस्ट नै दबंग ब्वाईलाई बोलाए । दबंग ब्वाईलाई बोलाएपछि पहिलो प्रश्न के हुन्छ होला ? सबैले अनुमान गरेकै हो, विवाह नगर्ने ? वा कहिले गर्ने ? दुनियाँमा दबंग अर्थात सलमान खानले जति यो प्रश्न सायदैले झेले होलान्… ...

प्रहरीका १४ जवान सहायक हवल्दारमा बढुवा सिफारिस
नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि/कम्प्युटरतर्फ)का १४ जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको असोज २८ गते बसेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यताक्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ। ...

दसैं मनाउन घर फर्किनेको लर्को (तस्वीर)
दसैं मनाउन घर जाने यात्रुको चाप बढेसँगै सडक र बसपार्कमा भीडभाड बढेको छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन कलंकीलगायतका चोक पार गर्दै उपत्यका बाहिरिइरहेका छन् । ...


