प्रहरीका १४ जवान सहायक हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि/कम्प्युटरतर्फ)का १४ जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको असोज २८ गते बसेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यताक्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हवाई उद्धार
२९ असोज, गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी नागरिक रहेका उहाँले बताउनुभएको छ । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा… ...

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन
२९ असोज, काठमाडौं । विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १… ...


