नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो । आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सगरमाथा जलविद्युतको शेयर १२.४४ प्रतिशतले बढेको छ भने नेपाल लाइफ समृद्धि योजनाको शेयर पनि ४.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३६ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने माउन्टेन इनर्जीको २५ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । ...

आईपीयू महासभामा नेपालको प्रस्ताव पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि : महासचिव पाण्डेय
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतसहित पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महासभामा सहभागी भएर स्वदेश फर्किएका पाण्डेयले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक प्रस्तुत गरेको आपत्कालीन प्रस्तावले व्यापक समर्थन पाएको जानकारी दिए । उनका अनुसार महासभामा ...

बाढीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा
२७ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले… ...

ओमानमा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिमा जोड दिने पदमाक्षी राणाको प्रतिबद्धता
ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाली श्रमिकको सुरक्षा, समस्या समाधान र आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राणाले ओमानमा रहेका नेपाली श्रमिकको अवस्था सुधार गर्न समानुभूतिमा आधारित कूटनीति अवलम्बन गर्ने बताएकी हुन् । उनले ओमानमा नेपाली श्रमिकका लागि सञ्चालनमा रहेको २४ सै घण्टाको ...


