ओमानमा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिमा जोड दिने पदमाक्षी राणाको प्रतिबद्धता

ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाली श्रमिकको सुरक्षा, समस्या समाधान र आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राणाले ओमानमा रहेका नेपाली श्रमिकको अवस्था सुधार गर्न समानुभूतिमा आधारित कूटनीति अवलम्बन गर्ने बताएकी हुन् । उनले ओमानमा नेपाली श्रमिकका लागि सञ्चालनमा रहेको २४ सै घण्टाको हटलाइन सेवालाई निरन्तरता दिने र समस्यामा परेका श्रमिकको उद्धार तथा संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताइन् । विशेषगरी महिला घरेलु कामदारको सुरक्षा र राहदानी जफत हुनेजस्ता समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्ने उनको भनाइ छ । यस्ता समस्या समाधान गर्न ओमानका सम्बन्धित निकाय र नेपाल सरकारबीच समन्वय बढाएर ठोस पहल गर्ने उनले बताएकी छन् । राणाले श्रम कूटनीतिसँगै उद्यमशीलता, लगानी प्रवर्द्धन र नेपाली उत्पादनको बजार विस्तारलाई पनि प्राथमिकतामा राखेकी छन् । नेपालको रैथाने उत्पादन तथा प्रविधिलाई ओमानको बजारसम्म पुर्याउन मूल्य सिर्जनामा आधारित कूटनीति आवश्यक रहेको उनको भनाइ छ । ओमानको विकास रणनीति ‘भिजन २०४०’ सँग तालमेल गर्दै दुई देशबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने योजना पनि उनले प्रस्तुत गरेकी छन् । नीति निर्माणको तहमा आफू नयाँ भए पनि अनुसन्धान र स्थलगत अनुभवका आधारमा नीतिगत सुधारमा योगदान दिन सक्ने राणाको दाबी छ । आफ्नो सयदिने कार्ययोजनामा उनले हवाई सम्पर्क विस्तार, श्रम सम्झौताको पुनरावलोकन तथा प्लास्टिक फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा सहकार्य अघि बढाउने लक्ष्यसमेत राखेकी छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बूढीगण्डकी बाढी : न रह्यो अन्नको मानो, न ओत लाग्ने छानो
दैनिक गुजारा चल्ने उपाय नदेखेपछि उनी परिवारसहित गाउँ छाडेर आएका छन् । कामको खोजीमा राजधानी छिर्ने भन्दै उनी सोमबार आरुघाट आइपुगेका थिए । ...

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् । उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् । आयोगले नेतृ गौतम पाँच हजार ११६… ...

आधुनिक समाजको मौन महामारी देखाउने ‘खिडकी’
'मेरो मनको झ्यालमा त अचेल कसैले चियाउँदै चियाउँदैनन्... त्यसैले यही झ्यालबाट चियाएर नै आफ्नो चित्त बुझाउँछु ।' यो वाक्योच्चारण पश्चात् ८० वर्षका सेवानिवृत्त सुरेश (नसीरुद्दीन शाह) को ओठमा उजाड हाँसो पोतिन्छ । झ्यालको छेउमै बसेर सुरेशसँग चेस खेलिरहेको सोनु भावविभोर हुन्छ । कोठाका भित्तामा सुरेशका परिवारका अमूल्य यादहरू रूपमा कैद छन् - फ्रेमभित्र । एक्लोपनको… ...

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानुनी अड्चन हट्यो : मन्त्री रावल
२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका कानुनी अड्चनहरू हटेको बताउँछिन्, भूमि व्यवस्था, सहकारी, सङ्घीय… ...


