आईपीयू महासभामा नेपालको प्रस्ताव पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि : महासचिव पाण्डेय

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतसहित पारित हुनु संसदीय कूटनीतिको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा महासभामा सहभागी भएर स्वदेश फर्किएका पाण्डेयले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक प्रस्तुत गरेको आपत्कालीन प्रस्तावले व्यापक समर्थन पाएको जानकारी दिए । उनका अनुसार महासभामा नेपालसहित बहराइन र इरानले आपत्कालीन प्रस्ताव प्रस्तुत गरेका थिए । तीमध्ये नेपालको प्रस्ताव मात्रै दुई तिहाइ मतसहित पारित भएको थियो । नेपालका तर्फबाट सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्तावमा हिमालय क्षेत्रसहित जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका क्षेत्रको चुनौती सम्बोधन गर्ने र विपद् उत्थानशीलता सुदृढ बनाउने विषय समेटिएको थियो । पाण्डेयले पहिलोपटक प्रस्ताव प्रस्तुत गर्दा नै विश्वभरका संसद्को दुई तिहाइ समर्थन प्राप्त हुनु र महासभामा छलफलसमेत हुनुलाई नेपालको संसदीय कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । महासभाको सामान्य बहसमा सभामुख अर्यालले सुशासन, समावेशी शासन प्रणाली, संस्थागत जवाफदेहिता, नागरिकको विश्वास अभिवृद्धि तथा सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसद्को भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए । महासभाले समावेशी सामाजिक विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरण र जलवायु विपद् व्यवस्थापन एवं उत्थानशीलता अभिवृद्धिसम्बन्धी प्रस्तावसमेत पारित गरेको पाण्डेयले जानकारी दिए । महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलले विभिन्न विषयगत बैठक तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा राख्नुका साथै अस्ट्रेलिया, बेलायत र चीनका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो । भुटान र संयुक्त अरब इमिरेट्सलगायतका मुलुकका प्रतिनिधिसँग पनि छलफल भएको उनले बताए । युवा सांसदहरूको मञ्चमा सांसद रविनकुमार महतोले युवा नेतृत्व, संसदीय सहभागिता, लोकतान्त्रिक अभ्यास र दिगो विकासका विषयमा धारणा राखेका थिए । सांसद झक्कुप्रसाद सुवेदीले एसिया–प्रशान्त भू–राजनीतिक समूहका बैठकमा सहभागिता जनाएका थिए भने सांसद डा. अञ्जान शाक्यले दिगो विकाससम्बन्धी बैठकमा प्रतिवेदकको भूमिका निर्वाह गरेकी थिइन् । आईपीयूको अध्यक्ष पदमा भएको निर्वाचनमा अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिक्स ५६ प्रतिशत मत प्राप्त गरी ३२औँ अध्यक्षमा निर्वाचित भएको पनि पाण्डेयले जानकारी दिए । नेपालले डिक्सको उम्मेदवारीलाई समर्थन गरेको र यसबाट नेपाल–अस्ट्रेलिया संसदीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको उनले बताए । महासभाका क्रममा नेपाली प्रतिनिधिमण्डलले केन्याको भ्रमणसमेत गरेको थियो । केन्याको राष्ट्रिय सभाका सभामुखको निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाली टोलीले संसदीय कामकारबाहीबारे जानकारी लिनुका साथै संसदीय बजेट कार्यालयका प्रतिनिधिसँग अनुभव आदानप्रदान गरेको थियो । सभामुख अर्यालको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल मंगलबार फ्लाई दुबईको उडानमार्फत स्वदेश फर्किएको हो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

माओवादी आन्दोलनको आवश्यकता अझै छ, नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छ : जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरणका लागि नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शर्माले जनयुद्धको नेतृत्व गरेको पुरानो पुस्ताले अब माओवादी आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन नसक्ने टिप्पणी गरे । आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ थियो । शर्माले माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्न र जनताका समस्या ...

दशैँका लागि सिद्धार्थ बैंकले सुरु गर्यो नयाँ नोट सटही सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले दशैँको अवसरमा नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गरेको छ । बैंकले हिजो (असोज २६ गते) देखि आफ्ना विभिन्न शाखा कार्यालयमार्फत ग्राहकलाई नयाँ तथा सुकिला नोट सटही गर्ने सुविधा उपलब्ध गराएको हो । बैंकका अनुसार ग्राहकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साट्न सक्नेछन् […] ...

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला)मा को-को निर्वाचित भए ?
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत संसदीय दलकी प्रमुख सचेतक बासना थापा सर्वाधिक मतसहित केन्द्रीय सदस्य (महिला खुला) निर्वाचित भएकी छन् । ...

रसुवा बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा
२६ असोज, काठमाडौं । १० भदौको रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् । उनले बाढी प्रधावित नागरिकको लागि अस्थायी आवास निर्माणको… ...


