माओवादी आन्दोलनको आवश्यकता अझै छ, नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छ : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरणका लागि नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शर्माले जनयुद्धको नेतृत्व गरेको पुरानो पुस्ताले अब माओवादी आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन नसक्ने टिप्पणी गरे । आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ थियो । शर्माले माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्न र जनताका समस्या समाधान गर्ने दिशामा आफूलाई अघि बढाउन नसक्दा प्रतिक्रान्तिको अवस्था सिर्जना भएको बताए । बन्दुकको लडाइँ मात्रै क्रान्ति नभएको उल्लेख गर्दै उनले संविधानसभा, शान्ति प्रक्रिया र जनताका समस्या समाधान गर्ने संघर्ष पनि क्रान्तिकै निरन्तरता भएको बताए । ‘अब फेरि एकपटक नयाँ सिराबाट, नयाँ ढंगले राजनीतिक सुझबुझ भएको नयाँ पुस्ताले माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ । यसको पुनर्जागरण गर्नुपर्छ,’ उनले भने, ‘माओवादी आन्दोलनका एजेन्डा अहिले पनि बाँकी छन् । त्यसलाई पुनर्गठित गर्नुपर्छ । त्यसमा मैले आफ्नो तर्फबाट सहयोग र योगदान गर्न तयार छु, तर मेरो सर्त के छ भने नयाँ पुस्ताले आएर यसको नेतृत्व गर्नुपर्छ ।’ उनले माओवादी आन्दोलनका क्रममा स्थापित भएका अधिकार संविधानमा समावेश भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । समानुपातिक प्रतिनिधित्व र समानताको अधिकार कार्यान्वयनमा देखिएका विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले प्राप्त उपलब्धिको संरक्षण गर्न नयाँ राजनीतिक पहल आवश्यक रहेको उल्लेख गरे । शर्माले पछिल्लो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियतामाथि चुनौती थपिएको टिप्पणी गरे । प्राप्त उपलब्धि नै संकटमा पर्न सक्ने अवस्था रहेकाले सबैले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो । उनले पुस्तान्तरणलाई उमेरसँग मात्रै जोड्न नहुने स्पष्ट पार्दै नेतृत्वको क्षमता र योग्यतालाई मुख्य आधार बनाउनुपर्ने बताए । ‘पुस्ताको कुरा गर्दा को कति वर्षको भन्ने होइन, सक्षम र असक्षमको कुरा हो,’ उनले भने, ‘हिजो जनयुद्ध लडेर त्यसको नेतृत्व गरेको टिम अब असक्षम भइसक्यो । हामीभन्दा पछिल्लो पुस्ताले आन्दोलनको पुनर्गठन गर्नुपर्छ ।’ माओवादी आन्दोलनका एजेन्डा अझै सान्दर्भिक रहेको दाबी गर्दै शर्माले नयाँ पुस्ताले नेतृत्व लिएर आन्दोलनलाई पुनर्गठन र पुनर्जागरणको दिशामा अघि बढाए आफू सहयोग गर्न तयार रहेको बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने
सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने होटल एवं रेष्टुरेन्ट र सवारी चालकहरूमाथि कडा कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यात्रुवाहक सवारीका चालक, होटल व्यवसायी तथा यात्रीहरूका लागि विशेष निर्देशन जारी गरेको हो। विभागका अनुसार राजमार्गका होटलहरूमा ...

राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने
२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले राजमार्गमा खाना तथा खाजा खाने क्रममा बिरामी भए कारबाही गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सम्बन्धित निकायहरूको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना,… ...

सुदूरपश्चिम खुलाबाट चटौत, थापा र विष्ट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
भूगोलबाट १३ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुने वैधानिक व्यवस्था छ । ...

कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिममा बजेटका प्राथमिकतामाथि छलफल जारी
सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल जारी छ। ...


