एमालेले बनायो १८ परिवारका लागि अस्थायी आवास, ओली आफै फिल्डमा पुगेर गरे हस्तान्तरण

नुवाकोट, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडितका लागि पार्टीका स्वयंसेवकले निर्माण गरेको अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ । बिदुर नगरपालिकाको पिपलटारमा १८ परिवारलाई पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बुधवार घर–टहरा हस्तान्तरण गर्नुभएको हो । पिपलटारमा एमाले जनसंगठन जिफन्टले १८ परिवारका लागि अस्थायी आवास निर्माण गरेको हो । भोटेकोशी बाढीपीडितको उद्धारदेखि नै सहभागी भएको एमाले जनसंगठन जिफन्टका स्वयंसेवकहरू अध्यक्ष बिनोद श्रेष्ठकै नेतृत्वमा नुवाकोटमा आवास निर्माणको काममा खटिएको थियो । सो टोलीले काम सम्पन्न गरेपछि अध्यक्ष ओली आफै फिल्डमा पुगेर हस्तान्तरण गर्नुभएको एमाले प्रचार बिभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

प्रस्तावित राजदूत सुनारमाथि सांसदका प्रश्नै प्रश्न, जर्मनीबाट डिपोर्ट भएको आरोपदेखि रकम असुलेकोसम्म
साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले गम्भीर आरोप लगाउँदै स्पष्टीकरण मागेका छन् । सुनारको विगतको गतिविधि, आर्थिक लेनदेनसम्बन्धी आरोप र राजनीतिक आबद्धतामाथि प्रश्न उठाउँदै चौलागाईंले उनको राजदूत नियुक्तिको उपयुक्ततामाथि प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा चौलागाईंले सुनारमाथि घरेलु हिंसासम्बन्धी आरोप रहेको, दलित अभियन्ताका रूपमा काम गर्दा रकम असुलेको तथा प्रहरी ...

विनोद चौधरी : वास्तविक पिछडिएकाको ‘समावेशी कोटा’ पटक-पटक खाने डलर अर्बपति !
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विनोद चौधरी समावेशी उपसभापतिमा निर्वाचित डलर अर्बपति विनोद चौधरी निर्वाचित भएपछि वास्तविक पिछडिएका वर्गले विधानसम्मत पाउने कोटाबारे बहस सुरु भएको छ । उनले १ हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । जम्मा ८७ मतको अन्तरले चौधरी विजयी भए । उनी पटक–पटक समावेशी कोटाबाट पद हासिल गर्दै आएका छन् ...

मै मात्र ठीक, अरु नाथे केही पनि होइनन भन्ने प्रधानमन्त्रीको शैलीले सवै समाप्त पार्छ : पूर्वडिआइजी अधिकारी
काठमाडौं, असोज २८ । नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) केशव अधिकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली मात्र नभएर नियत नै खराव देखिएको निश्कर्ष सुनाउनु भएको छ । प्रहरीभित्र इमान्दार अधिकृतको छवि बनाएर बाहिरिनु भएका अधिकारीले प्रधानमन्त्रीको ६ महिनाको काम र कार्यशैलीले बिगतमा कडा समर्थन बनेकाहरूको बिश्वासमाथि नै घात भएको बताउनु भयो । उहाँले अहिलेको कार्यशैली यथावत राखे अवको चुनावपछि ...

देशभर एक दिनमा १५ विपद्का घटना, के कति भयो क्षति ?
देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् । विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ती घटनामा २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका ...


