मै मात्र ठीक, अरु नाथे केही पनि होइनन भन्ने प्रधानमन्त्रीको शैलीले सवै समाप्त पार्छ : पूर्वडिआइजी अधिकारी

काठमाडौं, असोज २८ । नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) केशव अधिकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली मात्र नभएर नियत नै खराव देखिएको निश्कर्ष सुनाउनु भएको छ । प्रहरीभित्र इमान्दार अधिकृतको छवि बनाएर बाहिरिनु भएका अधिकारीले प्रधानमन्त्रीको ६ महिनाको काम र कार्यशैलीले बिगतमा कडा समर्थन बनेकाहरूको बिश्वासमाथि नै घात भएको बताउनु भयो । उहाँले अहिलेको कार्यशैली यथावत राखे अवको चुनावपछि सांसदका रुपमा देख्न पनि नसकिने ठोकुवासमेत गर्नुभएको छ । पूर्वडिआइजी अधिकारीले हालसम्मको प्रधानमन्त्री बालेनको काम र ब्यवहारबाट मतदाता कस्ता फटाह र सन्कीलाई जिताइएछ भन्ने निश्कर्षतिर पुगको बताउनु भयो । बिभिन्न मिडियासँगको कुराकानीमा अधिकारीले भन्नुभएको छ, ‘प्रधानमन्त्रीको ब्यवहार पनि यस्तो हुन्छ ? यस्तो शैलीले देश बन्छ ? बनाउने होइन, सवथोक बिगार्ने मात्र देखियो । यस्तो पाराले त देशमा केही पनि हुन्न ।’ अधिकारीले प्रधानमन्त्रीमा चरम दम्भ र अहंकार मात्र रहेको तथ्य ६ महिनाले देखाइसकेको बताउनु भयो । ‘मै मात्र ठीक ! अरु नाथे केही पनि होइनन भन्ने उहाँको जुन शैली छ, त्यस्ले अवको चुनावमा संसद पद पनि जोगाउन सक्दैनन । त्यो पद जोगाउनु नै ठूलो कुरा हुनेछ,’ अधिकारीको भनाई थियो । उहाँले आवलूले जनताको कुराका आधारमा यस्तो निश्कर्षतिर पुगेको पनि बताउनु भयो ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

रास्वपाबाट उम्मेदवार बन्न अब सजिलो छैन, प्राइमेरी जितेर परीक्षा पनि पास गर्नैपर्ने !
काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको आवधिक तथा उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः वैज्ञानिक, पारदर्शी र विधिमा आधारित बनाउन ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ जारी गरेको छ। पार्टीको विधानको धारा ६३ (२) र धारा ८३ (१) बमोजिम केन्द्रीय समितिबाट स्वीकृत उक्त रूपरेखाले परम्परागत दलहरूमा कायम नेताको चाकडी, नातावाद, […] ...

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान उपलब्धिमूलक : सचेतक परियार
काठमाडौँ, असोज २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले पार्टीले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान उपलब्धिमूलक र प्रभावकारी भएको बताउनुभएको छ... ...

बाबुरामले भेटे राष्ट्रसंघका पूर्व प्रतिनिधि इयान मार्टिनलाई, संक्रमणकालीन न्यायबारे चिन्ता
काठमाण्डु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघका नेपालस्थित पूर्व विशेष प्रतिनिधि तथा नेपाल मिसन (अनमिन) का प्रमुख इयान मार्टिनसँग भेटवार्ता गरेका छन् । भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मार्टिनसँग काठमाडौंमा भेट भएको जानकारी दिएका हुन् । भेटमा नेपालको शान्ति प्रक्रियामा भएको प्रगति तथा संक्रमणकालीन न्यायका बाँकी कामबारे छलफल भएको उनले बताएका छन् । ‘नेपालको शान्ति […] ...

प्रस्तावित राजदूत सुनारमाथि सांसदका प्रश्नै प्रश्न, जर्मनीबाट डिपोर्ट भएको आरोपदेखि रकम असुलेकोसम्म
साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले गम्भीर आरोप लगाउँदै स्पष्टीकरण मागेका छन् । सुनारको विगतको गतिविधि, आर्थिक लेनदेनसम्बन्धी आरोप र राजनीतिक आबद्धतामाथि प्रश्न उठाउँदै चौलागाईंले उनको राजदूत नियुक्तिको उपयुक्ततामाथि प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा चौलागाईंले सुनारमाथि घरेलु हिंसासम्बन्धी आरोप रहेको, दलित अभियन्ताका रूपमा काम गर्दा रकम असुलेको तथा प्रहरी ...


