Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सबै दलहरु असफल भइसके, राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : राजेन्द्र लिङ्देन

सबै दलहरु असफल भइसके, राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : राजेन्द्र लिङ्देन

10/13/2026, 4:51:38 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सबै दलहरु असफल भइसके, राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता बढेको भन्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गरे । यस्तो अवस्थामा राप्रपालाई आगामी चुनौती सामना गर्न सक्ने र देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । लिङ्देनले पार्टीको परम्परागत कार्यशैलीबाट अब संगठन बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आफूलाई बदल्नुपर्ने बताए । आगामी महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरे । ‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ । अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिरहेका छन्,’ उनले भने, ‘यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।’ उनले राप्रपालाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा तयार पार्न संगठन विस्तार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । अहिले पार्टीमा आबद्ध कार्यकर्तामै सीमित भएर संगठन ठूलो बन्न नसक्ने उल्लेख गर्दै उनले सबैका लागि पार्टीको ढोका खुला गर्नुपर्ने धारणा राखे । ‘हामी अहिले जति मान्छे छौँ, त्यति मान्छे मिलेर मात्रै राप्रपा हुँदैन । हामीले अरू मान्छे नबढाउने, आम मान्छेको पार्टीका रूपमा राप्रपालाई विकसित नगर्ने, तर भएका मात्रै अँगालो मारेर बस्यौँ भने राप्रपा ठूलो हुन्छ त ?’ उनले प्रश्न गरे । लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा स्थापित गर्न पनि संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको बताए । पार्टीले आफ्नो सैद्धान्तिक मान्यतामा एकताबद्ध रहँदै व्यावहारिक रूपमा नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो । आसन्न महाधिवेशनबाट पार्टीलाई पुनर्गठन गर्ने अठोटका साथ तयारीमा जुट्न आग्रह गर्दै उनले राप्रपालाई आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउनु सबै नेता तथा कार्यकर्ताको जिम्मेवारी भएको बताए । उनले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी संगठन विस्तार, कार्यशैली परिवर्तन र पार्टीलाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा विकास गर्ने अवसर बनाउनुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानुनी अड्चन हट्यो : मन्त्री रावल
OthersJust now

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानुनी अड्चन हट्यो : मन्त्री रावल

२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका कानुनी अड्चनहरू हटेको बताउँछिन्, भूमि व्यवस्था, सहकारी, सङ्‍घीय… ...

अनलाइन खबर
रसुवा बाढीका बेपत्तालाई मृत घोषणा गरी प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा
OthersJust now

रसुवा बाढीका बेपत्तालाई मृत घोषणा गरी प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

गत भदौ १० गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार विपद् ऐन ...

पर्दाफास
रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा
OthersJust now

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइएको छ । होल्डिङ ...

पर्दाफास
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
OthersJust now

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play