Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

10/13/2026, 5:24:23 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइएको छ । होल्डिङ सेन्टरमा रहेका नागरिकलाई प्राथमिकतामा राखेर अस्थायी आवासको व्यवस्था गरिने उनले बताए । होल्डिङ सेन्टरमा रहेका अधिकांश प्रभावित भाडामा बस्न थालेपछि त्यस्ता सेन्टरको संख्या ३७ बाट घटाएर १७ मा सीमित गरिएको शर्माले जानकारी दिए । ‘अहिले पनि होल्डिङ सेन्टरमा १ हजार ५० जना हुनुहुन्छ । हामी उहाँहरूलाई ट्रान्जिसनल सेल्टरमा लैजाने तयारीमा छौँ । ती १ हजार ५० जना पहिलो प्राथमिकतामा पर्नुहुन्छ,’ उनले भने । गृहसचिव शर्माले भदौ १०, असोज ८ र ११ गतेको विपद्बाट प्रभावित स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट चार स्थानीय तह प्रभावित भएको उल्लेख गर्दै उनले ती क्षेत्रलाई पनि सङ्कटग्रस्त घोषणा गर्ने र प्रभावितलाई घरभाडा उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छलफल भइरहेको बताए । बाढीबाट मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने व्यवस्था कार्यान्वयनको चरणमा रहेको पनि उनले जानकारी दिए । तर, बेपत्ता भएका व्यक्तिलाई मृतकका रूपमा प्रमाणित गरेपछि मात्रै राहत वितरण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । ‘विपद्मा मृत्यु हुनेहरूलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ नगद राहत दिने हाम्रो कार्यविधिमा छ । त्यसका लागि बेपत्ता भएकालाई मृतकका रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ,’ शर्माले भने । उनका अनुसार प्रभावितको विवरण वडा कार्यालयबाट स्थानीय विपद् व्यवस्थापन समिति हुँदै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्राधिकरणमा पुग्छ । प्राधिकरणले प्रभावितको नामावली सार्वजनिक गरेपछि सम्बन्धित स्थानीय तहमार्फत राहत वितरण सुरु हुनेछ । बाढीबाट प्रभावित नागरिकले राहत तथा क्षतिपूर्ति सम्बन्धित स्थानीय तहमार्फत नै प्राप्त गर्ने व्यवस्था रहेको पनि गृहसचिव शर्माले स्पष्ट पारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही
OthersJust now

राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही

पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाको बैठकपछि यातायात व्यवस्था विभागले यस्तो चेतावनी जारी गरेको हो । ...

अनलाइन खबर
नेपालको पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छ : देव गुरुङ
OthersJust now

नेपालको पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छ : देव गुरुङ

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नवउदारवादी आर्थिक प्रणालीका कारण नेपालको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र स्वाधीनता संकटमा परेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले नेपालको भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र कमजोर हुँदै गएको दाबी गरे । राष्ट्रिय पहिचान र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा उनले जोड दिए । गुरुङले नेपालको वर्तमान अवस्थालाई ‘नवऔपनिवेशिकता’सँग जोड्दै विश्वव्यापी रूपमा ...

पर्दाफास
कांग्रेसको खुला सहमहामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ?
OthersJust now

कांग्रेसको खुला सहमहामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ?

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार सहमहामन्त्री (खुला)मा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । ...

अनलाइन खबर
यमनको हुथी नियन्त्रित क्षेत्रमा सैन्य कारबाही गर्ने साउदी गठबन्धन
OthersJust now

यमनको हुथी नियन्त्रित क्षेत्रमा सैन्य कारबाही गर्ने साउदी गठबन्धन

साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play