Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपालको पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छ : देव गुरुङ

नेपालको पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छ : देव गुरुङ

10/13/2026, 6:07:26 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छ : देव गुरुङ

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नवउदारवादी आर्थिक प्रणालीका कारण नेपालको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र स्वाधीनता संकटमा परेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले नेपालको भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र कमजोर हुँदै गएको दाबी गरे । राष्ट्रिय पहिचान र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा उनले जोड दिए । गुरुङले नेपालको वर्तमान अवस्थालाई ‘नवऔपनिवेशिकता’सँग जोड्दै विश्वव्यापी रूपमा पश्चिमा एकध्रुवीय साम्राज्यवादी प्रभुत्व विस्तार भइरहेको टिप्पणी गरे । प्रतिक्रान्तिको प्रतिरोध गर्न नसके नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्ने उनको भनाइ थियो । ‘नवउदारवादी प्रणालीले नेपालको आफ्नो पहिचान, आफ्नो भाषा, आफ्नो अर्थतन्त्र, आफ्नो राष्ट्रियता, आफ्नो सभ्यता र संस्कृति सबै हराउँदै लग्यो,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतासहितको समाजवादी आन्दोलनको तयारी नगर्ने हो भने नेपालको अस्मिता र पहिचान समाप्त हुने खतरा छ ।’ उनले राष्ट्रिय स्वाधीनताको मुद्दामा सम्पूर्ण कम्युनिस्ट, देशभक्त, लोकतन्त्रप्रेमी शक्ति र नेपाली जनतालाई एकजुट हुन आह्वान गरे । राष्ट्रिय पहिचान र अस्तित्वको रक्षाका लागि बृहत्तर ‘राष्ट्र बचाउ अभियान’ सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । गुरुङले वित्तीय एकाधिकार पुँजीवाद र त्यसका सहयोगी शक्तिको प्रभावलाई चुनौती दिन राष्ट्रिय स्तरमा साझा राजनीतिक समझदारी आवश्यक रहेको बताए । आन्तरिक राजनीतिक शक्तिबीचको द्वन्द्व र विभाजनले बाह्य शक्तिको प्रभाव विस्तार हुने जोखिमसमेत उनले औंल्याए । दलित, महिला, जनजाति, मुस्लिम र मधेसीलगायत उत्पीडित समुदायका पहिचानका मुद्दालाई राष्ट्रिय मुक्ति आन्दोलनसँग जोडेर अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए । पहिचानका आन्दोलनलाई एकअर्काविरुद्ध उभ्याउँदा समग्र आन्दोलन कमजोर हुने उनको तर्क थियो । राष्ट्रिय अस्मिताको रक्षाका लागि सबै राजनीतिक शक्ति र समुदायबीच एकता आवश्यक रहेको उल्लेख गर्दै गुरुङले साझा अभियानमार्फत नेपालको स्वाधीनता र मौलिक पहिचान जोगाउनुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विराज र समीर आमनेसामने, ‘तँ भिलेन होस् म हिरो हुँ’
OthersJust now

विराज र समीर आमनेसामने, ‘तँ भिलेन होस् म हिरो हुँ’

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म ‘१२ गाउँ २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ । ट्रेलरमा प्रस्तुत गरिएका दृश्यले ‘१२ गाउँ २’… ...

अनलाइन खबर
दसैंतिहार उपलक्ष्यमा ‘बन्दीपुर फेस्ट’ हुने
OthersJust now

दसैंतिहार उपलक्ष्यमा ‘बन्दीपुर फेस्ट’ हुने

महोत्सवमा मौलिक स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश हुनेछन् । ...

अनलाइन खबर
गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता
OthersJust now

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा दुई मन्त्रीहरूबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । उक्त भेटमा दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन र पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो । भेटका क्रममा गृहमन्त्री ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play