गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ । प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा दुई मन्त्रीहरूबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । उक्त भेटमा दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन र पूर्वतयारी एवं प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो । भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढी र पहिरोपछि भारतले पुर्याएको समयसापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । साथै उनले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई अझ अघि बढाउनुपर्नेमा जोड दिएको दूतावासले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन
विभागीय टोली पछि पार्दै निसर्ग वाटिका स्कुलले १४ औं एनएसए कप पौडी प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पौडी संघको आयोजनामा मंगलबार सम्पन्न दुईदिने प्रतियोगितामा निसर्ग वाटिका सर्वाधिक एक हजार ३६३ अंक जोड्दै च्याम्पियन भएको हो । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा एपिएफ क्लव दोस्रो र जेम्स स्कुल तेस्रो भए । एपिएफका ६ सय १३ अंक जोड्दा जेम्स स्कुलले ६ ...

कबड्डी–५ : कथा उही, व्यथा उही
अर्थशास्त्री अल्फ्रेड मार्शलको सिद्धान्तले भन्छ, ‘कुनै वस्तुको उपभोग बढ्दै जाँदा त्यसको प्रत्येक एकाइबाट प्राप्त हुने अतिरिक्त सन्तुष्टि घट्दै जान्छ ।’ तपाईंले खानाको पहिलो गाँसमा जुन स्वाद भेट्नुहुन्छ, अन्तिम गाँसमा त्यो रहँदैन । भात उही हो, तरकारी उही हो । स्वाद किन फरक ? किनभने यहाँ भोक र स्वादको समीकरण एकनास रहँदैन । तपाईं जति–जति अघाउनुहुन्छ,… ...



