Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन

निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन

10/13/2026, 7:41:32 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन

विभागीय टोली पछि पार्दै निसर्ग वाटिका स्कुलले १४ औं एनएसए कप पौडी प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पौडी संघको आयोजनामा मंगलबार सम्पन्न दुईदिने प्रतियोगितामा निसर्ग वाटिका सर्वाधिक एक हजार ३६३ अंक जोड्दै च्याम्पियन भएको हो । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा एपिएफ क्लव दोस्रो र जेम्स स्कुल तेस्रो भए । एपिएफका ६ सय १३ अंक जोड्दा जेम्स स्कुलले ६ सय ६ अंक बटुल्यो । जेम्स स्कुलले सर्वाधिक आठ स्वर्ण, दुई रचत र चार काँस्य पदक जित्यो । यद्यपि पौडीमा अक्वा पोइन्टको आधारमा विजेता घोषणा हुने भएकाले निसर्ग च्याम्पियन बन्यो । नेपाल आर्मी त्रिभूवन आर्मी क्लव चौथो स्थानमा रह्यो । आर्मीले पाँच सय ५४ अंक जोड्यो । पदकतालिकामा भने आर्मी दोस्रो स्थानमा रह्यो । आर्मीले सात स्वर्ण, दुई रजत र ६ कांस्य पदक जित्यो । च्याम्पियन निसर्ग बाटिका पदक तालिकामा तेस्रो स्थान भयो । निसर्गले पाँच स्वर्ण, सात रजत र आठ काँस्य जित्यो । सगरमाथा स्विम क्लव तीन सय १५ अंकसहित पाँचौं भयो । कोशी प्रदेश दुई सय ३४ अंकसहित छैटौं र नेपाल पुलिस क्लब एक सय ८४ अंकसहित सातौं स्थानमा रहे । प्रतियोगितामा डुवाना लामा र इरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । डुवानाले सात स्वर्ण पदक जित्दा इरभिनले चार स्वर्ण र दुई रजत पदक हात पारे । उत्कृष्ट खेलाडी दुवैले समान २५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरे । दुई दिनसम्म चलेको प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान बने । नेपाल पौडी संघले प्रत्येक राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरेको थियो । प्रतियोगितामा महिला खेलाडीतर्फ डुवानाले मात्रै राष्ट्रिय कीर्तिमान बनाइन् । बाँकी १६ राष्ट्रिय कीर्तिमान पुरुष खेलाडीका नाममा रहे । प्रतियोगितामा ३६ टोलीका एक सय ५१ खेलाडीले ३८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गरेका थिए । कोशी प्रदेश, नेपाल पुलिस क्लब र आइरनफिन स्पोट्र्स क्रमशः छैटौं, सातौं र आठौं स्थानमा रहे । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेता, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र महासचिव ईश्वर कार्कीलगायतले पुरस्कार वितरण गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु
OthersJust now

रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत सेवा सुचारु

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिब ९९ प्रतिशत स्थानमा विद्युत् सेवा सुचारु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिएका हुन् । सचिव कर्माचार्यका अनुसार रसुवाका करिब ८० घरधुरीमा अझै विद्युत् ...

पर्दाफास
बूढीगण्डकी बाढीमा हिमपहिरो पनि जिम्मेवार
OthersJust now

बूढीगण्डकी बाढीमा हिमपहिरो पनि जिम्मेवार

६ हजार मिटर उचाइबाट ठूलो पहिरो खसेको र ३.५ म्याग्निच्युडको भूकम्प बराबरको शक्ति पनि उत्पन्न भएको प्राविधिक प्रतिवेदनमा उल्लेख छ । ...

अनलाइन खबर
मुगुमा एक युवकले खुँडा प्रहार गर्दा वृद्धको मृत्यु
OthersJust now

मुगुमा एक युवकले खुँडा प्रहार गर्दा वृद्धको मृत्यु

घटनापछि फरार रहेका अजवीरको खोजीका ३५ जनाको प्रहरी टोली परिचालन भएर छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलबाट पक्राउ गरेको छ । ...

अनलाइन खबर
यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने आईएमएफ प्रक्षेपण
OthersJust now

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने आईएमएफ प्रक्षेपण

आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play