रसुवा बाढीका बेपत्तालाई मृत घोषणा गरी प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

गत भदौ १० गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार विपद् ऐन संशोधन गरी बेपत्ता भएका व्यक्तिलाई ४५ दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको उनले बताए ।

उप्रेतीले डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरणको प्रक्रिया थप सहज हुने जानकारी दिए ।

‘विपद् ऐनमा केही संशोधन गरेर फास्टट्र्याकबाट मृत घोषणा गर्ने व्यवस्था गरिएको छ । राजपत्रमा प्रकाशित भएपछि त्यसलाई आधार मानेर काम गर्न सजिलो भएको छ,’ उनले भने, ‘अहिलेसम्म बेपत्ता भएकाहरूको हकमा मृत्यु वा मृत्युसरह प्रमाणित गरी स्वदेशी र विदेशी नागरिकलाई प्रमाणपत्र दिने तयारीमा छौँ । यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

कार्यकारी प्रमुख उप्रेतीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट ७५ जिल्लाका नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएको पनि जानकारी दिए । यस विषयमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिएको उनले बताए ।

बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले अस्थायी आवास निर्माणको काम अघि बढाइसकेको पनि उनले जानकारी दिए । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा बाढीबाट क्षति भएका क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी पुनःस्थापनाको काम अघि बढाइएको उनको भनाइ छ ।

यसैबीच, गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीपछिको उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही
पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाको बैठकपछि यातायात व्यवस्था विभागले यस्तो चेतावनी जारी गरेको हो । ...

नेपालको पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छ : देव गुरुङ
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नवउदारवादी आर्थिक प्रणालीका कारण नेपालको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र स्वाधीनता संकटमा परेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले नेपालको भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र कमजोर हुँदै गएको दाबी गरे । राष्ट्रिय पहिचान र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा उनले जोड दिए । गुरुङले नेपालको वर्तमान अवस्थालाई ‘नवऔपनिवेशिकता’सँग जोड्दै विश्वव्यापी रूपमा ...

कांग्रेसको खुला सहमहामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ?
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार सहमहामन्त्री (खुला)मा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । ...

यमनको हुथी नियन्त्रित क्षेत्रमा सैन्य कारबाही गर्ने साउदी गठबन्धन
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक… ...