Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू

गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू

10/17/2026, 4:33:58 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
गगनको प्रण- व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाएर अघि बढ्नू

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै आफू नेतृत्वमा रहँदा चुकेको अवस्थामा सभापतिबाट हटाएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले आफ्नो व्यक्तिगत कमजोरीको भार पार्टीले बोक्न नहुने बताएका हुन् । सभापति थापाले आफ्नो व्यक्तिगत, पारिवारिक, आर्थिक जीवन र सम्बन्धका हरेक पक्षमा सचेत तथा जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरे । लाखौँ नेता–कार्यकर्ताको रगत, पसिना र योगदानबाट बनेको पार्टी सार्वजनिक सम्पत्ति भएकाले व्यक्तिका गल्तीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो । ‘कुनै दिन म चुकेको महसुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन,’ थापाले भने, ‘व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो ।’ मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थापाले दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिन बाध्य हुनु गम्भीर विषय भएको बताए । रातारात चमत्कार गरेर युवालाई स्वदेश फर्काउन नसकिए पनि नेपालमै स्वाभिमानका साथ बाँच्न सक्ने वातावरण निर्माणका लागि कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने उनले बताए । ‘हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ, तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्न सक्छौँ,’ उनले भने, ‘त्यसो गर्न सक्यौँ भने मात्रै नेपाली कांग्रेस हुनुको अर्थ रहन्छ ।’ सभापति थापाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्ने र व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिने पनि स्पष्ट पारे । उनले नेता तथा कार्यकर्तालाई निराशा र गुनासामा अल्झिनुभन्दा काममार्फत जनताको विश्वास जित्न आग्रह गरे । ‘पार्टीभित्रका असन्तुष्ट साथीहरूलाई समेट्ने जिम्मेवारी मलाई छाडिदिनुहोस् । म त्यो जिम्मेवारी पूरा गर्नेछु,’ उनले भने, ‘अब सबै साथीहरू आफ्नो काम र कर्ममार्फत पार्टीका कार्यकर्ता तथा नागरिकमाझ जाऔँ र उनीहरूका समस्यामा काम गरौँ ।’ कांग्रेसलाई सकारात्मक सोच, ऊर्जा र आशाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै थापाले पार्टीका तल्लो तहका कार्यकर्ता तथा आम नागरिकका सुख–दुःखमा प्रत्यक्ष जोडिन आह्वान गरे । उनले पार्टीसामु चुनौती धेरै भए पनि अवसरसमेत प्रशस्त रहेको उल्लेख गर्दै निराशालाई चिरेर सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने बताए । ‘अब निराशा होइन, कर्म र परिणामबाट जनताको विश्वास जित्ने समय आएको छ,’ थापाले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : गगन थापा
OthersJust now

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । सभापतिको शपथग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको नेतृत्वमा रहँदा जादु वा चमत्कार गर्ने दाबी नगर्ने, बरु इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । ‘म जादु गर्छु, चमत्कार गर्छु भन्दिनँ। म इमानदारीपूर्वक कर्म ...

पर्दाफास
कोप–३१ मा हिमाल र समुद्रको सङ्कटलाई जोडेर एजेण्डा उठाउने नेपालको तयारी
OthersJust now

कोप–३१ मा हिमाल र समुद्रको सङ्कटलाई जोडेर एजेण्डा उठाउने नेपालको तयारी

नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुद्री सतहको एजेण्डालाई एउटै पर्यावरणीय चक्रमा जोडेर अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने भएको छ। आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्या सहरमा आयोजना हुने सम्मेलनमा नेपालले जलवायु सङ्कटलाई छुट्टाछुट्टै नभई हिमालदेखि समुद्रसम्मको बृहत् पारिस्थितिकीय प्रणाली (इकोलोजिकल सिस्टम) सँग जोडेर कूटनीतिक पैरवी गर्ने तयारी थालेको ...

पर्दाफास
एनपीएलका लागि सिंगारिएको त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)
OthersJust now

एनपीएलका लागि सिंगारिएको त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा ड्रेसिङ रुम, खेलाडी डग–आउट, ब्रोडकास्टिङ रुम तथा प्रेस बक्सलाईसमेत स्तरोन्नति गरिएको छ । ...

अनलाइन खबर
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
OthersJust now

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । समारोहमा सेनाको टोलीले शंखघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play