Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता

प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए । भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए। उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमणसमेत गरेका थिए । सो क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन पेट्रोल २०२६’ मा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गरिएको थियो । नेपाली सेनाले यस भ्रमणबाट नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको द्विपक्षीय सैनिक सम्बन्ध थप सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । The post प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !
ताजा खबरJust now

होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !

काठमाडौं । नेपालीहरुकाे महान् चाड दशैँ सुरु भइसक्याे । बजारमा मानिसहरूको चहलपहल बढेको छ । पसलहरूमा नयाँ लुगा छान्नेको भीड छ । घरघरमा लिपपोत र रङरोगन भइरहेको छ । कतै मीठोमसिनो पकाउने तयारी छ, कतै परिवारसँग बसेर दशैँ मनाउने योजना बुनिँदै छ । बालबालिका नयाँ लुगा लगाउने र टीका थापेर दक्षिणा पाउने कल्पनामा रमाइरहेका छन् । तर भक्तपुरको बोडेस्थित कृषि तालिम ...

केन्द्रबिन्दु
माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का
ताजा खबरJust now

माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का

काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्दै ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ। कम्पनीका अनुसार नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई जोड दिने उद्देश्यले माउन्ट गोल्ड ह्विस्की सार्वजनिक गरिएको हो। ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ अवधारणामा आधारित ...

हिमालय टाइम्स
राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
ताजा खबरJust now

राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ब्रुनाई, सुडान र घानाका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ब्रुनाईका राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी, सुडानका राजदूत डा. मोहम्मद अब्दल्ला अली एल्टोम र घानाका राजदूत कोजो बोन्सुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। The post राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र ...

कर्पोरट खबर
एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे
ताजा खबरJust now

एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सन् २०२६ मा ओमोडा जेकाे ‘पावर्ड बाई’ प्रायोजकका रूपमा जोडिने भएको छ । नेपालमा ओमोडा जेकाेका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिँदै प्रायोजनको नयाँ भूमिका सार्वजनिक गरेको हो । सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ओमोडा जेकाे प्रतियोगितासँग ‘ड्रिभन बाई’ साझेदारका रूपमा आबद्ध ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play