सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विकास निर्माण, स्वास्थ्य, कृषि, शिक्षा तथा सामाजिक सुरक्षालगायत क्षेत्रमा २५२ वटा योजना सम्पन्न गरेको छ। नगरपालिकाको सामाजिक परीक्षण प्रतिवेदनले पूर्वाधार विकाससँगै सेवा प्रवाह, सुशासन र नागरिकको जीवनस्तर सुधारमा भएका उपलब्धि सार्वजनिक गरेको हो। सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्षमा नगरपालिकाका लागि १ अर्ब ३४ करोड ३७ लाख ३९ हजार रुपैयाँ बजेट स्वीकृत भएकामा ८५ करोड ९५ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ६४ प्रतिशत हो। त्यस्तै, आन्तरिक आयतर्फ ८ करोड ५३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा ८ करोड २७ लाख १६ हजार रुपैयाँ संकलन भएको प्रतिवेदनमा उल्लेख छ। नगर अस्पताल सञ्चालनदेखि स्वास्थ्य सेवाको विस्तार स्वास्थ्य सेवातर्फ पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सैनामैना नगर अस्पतालका रूपमा सञ्चालन गरिएको छ। अस्पतालमा एक्सरे सेवा पनि सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ। नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रममा ९०० जनाको सहभागिता रहेको छ। क्यान्सर, मिर्गौला रोग तथा मेरुदण्डमा चोटपटक लागेका १८१ जनालाई थप उपचारका लागि सिफारिस गरिएको जनाइएको छ। सडक, नाली र खेलकुद पूर्वाधारमा प्रगति पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले २ हजार ७६३ मिटर सडक कालोपत्रे तथा मर्मत गरेको छ। त्यस्तै, १६ हजार ५७० मिटर सडक स्तरोन्नति र १० हजार ७८३ मिटर नाली निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ। नगरमा चक्रपथ निर्माणको काम अघि बढाइएको छ। मुर्गियामा राष्ट्रियस्तरको रङ्गशाला निर्माण तथा ११ वटै वडामा खुला व्यायामशाला स्थापना गर्ने काम पनि गरिएको जनाइएको छ। ६ हजार ३०० किसानलाई तरकारीको बीउ वितरण कृषि क्षेत्रको उत्पादन र किसानको आयआर्जन बढाउन बीउबिजन वितरण, तालिम तथा भण्डारणमा सहयोग गरिएको छ। तरकारीको बीउ वितरणबाट ६ हजार ३०० किसान लाभान्वित भएका छन्। त्यस्तै, ४८६ किसानलाई २० वटा स्थलगत तालिम प्रदान गरिएको छ। ५० प्रतिशत अनुदानमा २८ टन आलु भण्डारण गर्दा ३४० घरपरिवार लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ। ७ हजारभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता सामाजिक सुरक्षातर्फ नगरपालिकाले ७ हजार ५६८ लाभग्राहीलाई २९ करोड १० लाख ५६ हजार रुपैयाँ वितरण गरेको छ। बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई घरमै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको प्रतिवेदनमा जनाइएको छ। भूमिसम्बन्धी सेवा प्रवाहअन्तर्गत १६५ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ। त्यस्तै, सामुदायिक विद्यालयलाई २९२ सेट फर्निचर वितरण गरिएको छ। वडा नम्बर १० स्थित एकलापहाडमा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको प्रक्रिया पनि अघि बढाइएको नगरपालिकाले जनाएको छ। सुशासन र सेवा प्रवाहबारे छलफल रुपन्देही मिडिया नेटवर्क प्रालिका तर्फबाट प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदनमाथि भएको छलफलमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाले विकास निर्माण र सेवा प्रवाहका विषयमा धारणा राखेका थिए। कार्यक्रममा प्रशिक्षक रामचन्द्र अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकामा भएका काम, सुशासनको अवस्था र जनप्रतिनिधिको भूमिकाबारे जानकारी गराउनुभएको थियो। उहाँले नगरपालिकामा सुशासनको अवस्था राम्रो रहेको र जनप्रतिनिधिमा इमानदारी देखिएको उल्लेख गर्नुभएको थियो। कार्यक्रम कार्यवाहक नगरप्रमुख बिना रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकाराम शर्मा, वडाध्यक्षहरू, प्रशासकीय अधिकृत तथा सूचना अधिकारी, लेखा अधिकृत शिवलाल अर्याललगायत शाखा प्रमुखहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन केशवराज अर्यालले गर्नुभएको थियो। समापनमा कार्यवाहक नगरप्रमुख रानाले सामाजिक परीक्षण प्रतिवेदनमा औँल्याइएका कमीकमजोरी भए सच्याउँदै अघि बढ्ने बताउनुभयो। नगरपालिकाको विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !
काठमाडौं । नेपालीहरुकाे महान् चाड दशैँ सुरु भइसक्याे । बजारमा मानिसहरूको चहलपहल बढेको छ । पसलहरूमा नयाँ लुगा छान्नेको भीड छ । घरघरमा लिपपोत र रङरोगन भइरहेको छ । कतै मीठोमसिनो पकाउने तयारी छ, कतै परिवारसँग बसेर दशैँ मनाउने योजना बुनिँदै छ । बालबालिका नयाँ लुगा लगाउने र टीका थापेर दक्षिणा पाउने कल्पनामा रमाइरहेका छन् । तर भक्तपुरको बोडेस्थित कृषि तालिम ...

माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का
काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्दै ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ। कम्पनीका अनुसार नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई जोड दिने उद्देश्यले माउन्ट गोल्ड ह्विस्की सार्वजनिक गरिएको हो। ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ अवधारणामा आधारित ...

राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ब्रुनाई, सुडान र घानाका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ब्रुनाईका राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी, सुडानका राजदूत डा. मोहम्मद अब्दल्ला अली एल्टोम र घानाका राजदूत कोजो बोन्सुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। The post राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र ...

एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सन् २०२६ मा ओमोडा जेकाे ‘पावर्ड बाई’ प्रायोजकका रूपमा जोडिने भएको छ । नेपालमा ओमोडा जेकाेका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिँदै प्रायोजनको नयाँ भूमिका सार्वजनिक गरेको हो । सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ओमोडा जेकाे प्रतियोगितासँग ‘ड्रिभन बाई’ साझेदारका रूपमा आबद्ध ...


