कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ । आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्याइदिने
सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गर्नुभयो । सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन । यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ ...

कर्णालीका धनी अर्थमन्त्री : ३१ ठाउँमा जग्गाजमिन, करोडौंको शेयर
कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गाजमिन छ । उनीसँग ७० तोला सुन–चाँदी छ । विभिन्न लघुवित्त तथा कम्पनीहरूमा मात्रै ४३ हजार ५४२ कित्ता शेयर पनि छ । ...

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने
भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। सरकारले तीन वर्षभित्र स्थायी आवास निर्माण गरी प्रभावित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। नेपाल वातावरण पत्रकार समूहले मंगलबार आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ विषयक कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार बाढी प्रभावित रसुवा, ...

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीले लिए अनुमति
सन् २०२६ को शरद् ऋतुमा अहिलेसम्म नेपालका ४१ हिमाल आरोहणका लागि ७१ देशका १ हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले सार्बजनिक गरेको विवरण अनुसार आरोहण अनुमतिबापत १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। विभागको विवरणअनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन्। उनीहरू १३० आरोहण ...


