Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

10/15/2026, 7:24:26 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गर्नुभयो । सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नुपर्ने छैन । यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ सिमकार्ड हुलाकमार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन् । नागरिकले अनलाइनमार्फत व्यक्तिगत विवरण र नजिकको ठेगाना (ल्यान्डमार्क), फोटो र नागरिकतारराहदानीको फोटोसँगै नजिकको टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्नेछ । टेलिकमले कागजात जाँच र आवेदन स्वीकृत गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ । सिमका लागि रु ९० र हुलाक डेलिभरीका लागि रु ७० शुल्क लाग्ने छ । उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेट वा नमस्ते पेबाट भुक्तानी गर्न सकिनेछ । त्यसपछि सेवाग्राहीको नजिकको हुलाक कार्यालयबाट सिम पठाइनेछ । सो सिम कहाँ पुग्यो भन्नेबारेमा समेत ट्रयाकिङ गर्न सकिने व्यवस्था गरिएको छ । हुलाक कर्मचारीले सेवाग्राहीको घरैमा सिम पुर्‍याइदिने छन् । आधा घण्टामै मन्त्रालयमा सिमकार्ड हुलाक–सिम सेवा शुभारम्भसँगै मन्त्री डा तिमिल्सिनाले नयाँ सिमकार्डका लागि अनलाइन आवेदन पेस गरे। टेलिकमको सुन्धारास्थित कार्यालयबाट व्यक्तिगत विवरण ‘भेरिफाइड’ भएपछि मन्त्री तिमिल्सिनाले अनलाइनबाट भुक्तानी गरे। भुक्तानी सफल भएलगत्तै टेलिकमले हुलाकमार्फत सूचना तथा सञ्चार मन्त्रालयमा ‘फिजिकल’ सिम उपलब्ध गराएको थियो । हुलाक सेवाका कर्मचारी पुस्कर बस्नेतले उक्त सिमकार्ड मन्त्री तिमिल्सिनाले दिनुभएको ‘स्थान’ मा पुर्‍याएका थिए । मन्त्री डा तिमिल्सिनालाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले संयुक्त रूपमा उक्त सिमकार्ड हस्तान्तरण गरे। मन्त्री डा तिमिल्सिनाले आवेदन गरेको करिब आधा घण्टामा सिमकार्ड तोकिएको ‘स्थान’ मा आइपुगेको थियो । सहरी क्षेत्रमा अनलाइन आवेदन स्वीकृत र भुक्तानी भएको करिब दुई घण्टा र ग्रामीण भेकमा तीन दिनमा आवेदकलाई सिमकार्ड उपलब्ध गराउने लक्ष्य राखिएको छ । सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले हुलाक–सिम सेवा ‘डेलिभरी’को समय छोट्याउन निर्देशन दिए । उनले भने, “डेलिभरीमा व्यक्त गरिएभन्दा अघि नागरिकको हातमा सिमकार्ड पुर्‍याउने प्रयास गर्नुहोला ।” नागरिकले चाहेकै स्थानमा सिमकार्डलगायत सरकारी सेवा पुर्‍याउन सकेको खण्डमा समय र रकम बचत हुने भन्दै उनले सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने प्रयास जारी रहेको बताए। हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गरिने सरकारले हुलाक सेवालाई सुदृढ गर्दै आधुनिक सरकारी कुरियर सेवाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले यो सिम डेलिभरी सेवा सोही प्रतिबद्धताको एउटा महत्त्वपूर्ण पाइला भएको बताए। उनले आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य प्रशासनिक सेवा अनलाइनमा आधारित बनाउन आग्रह गरे। सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले टेलिकमको सिम बिक्री वितरणको विद्यमान व्यवस्थामामा हुलाक–सिम सेवा नयाँ ‘डिपार्चर’ भएको बताए । “यो सुरुआत हो, यसको दिगोपनामा दुवै पक्षले ध्यान दिनुपर्छ”, उनले भने, “हल्कारालाई पनि आवश्यक तालिम र अभिमुखीकरण गर्नुपर्छ ।” टेलिकमका प्रबन्ध निर्देशक पहाडीले आजदेखि नागरिकले माग गरेकै स्थानमा भौतिक सिमकार्ड पुर्‍याउने व्यवस्था गरिएको बताए। हुलाक सेवा विभागका महानिर्देशक भट्टराईले सहर तथा दूरदराजका नागरिकले सहजै सिमकार्ड पाउने चाहना सरकारले पूरा गरेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
OthersJust now

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट ...

पर्दाफास
विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित
OthersJust now

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी गराएको छ । असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खसेर अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु गरिएको छ । असोज २५ गते बिहान ...

पर्दाफास
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवासको फराकिलो अग्रता
OthersJust now

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवासको फराकिलो अग्रता

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। १९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन्। त्यस्तै महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले… ...

अनलाइन खबर
स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा
OthersJust now

स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा

२९ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ मोबाइल खरिद गरेकी न्युरोडकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छिन् । कम्पनीका अनुसार सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण टेक्नोको स्पार्क गो ३ नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play