नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले महलबारीस्थित सडकखण्डमा ११ वटा हरियो ठूलो झोलामा राखिएको मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो । बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल रम रहेका छन् । प्रहरीले प्रतिएक बोतलको अनुमानित मूल्य दुई हजार रुपैयाँका दरले कुल १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा रहेको जनाएको छ । बरामद गरिएको मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले मदिरा कसले र कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दौडबाटै ‘राजा’ छान्ने १२औँ लिगलिग दौड
गोरखाको पालुङटारस्थित ऐतिहासिक लिगलिगकोटमा दौड प्रतियोगितामार्फत राजा छनोट गर्ने परम्परा नेपालको इतिहासमै विशिष्ट छ। चेपेघाटदेखि कोटसम्मको १३.८ किलोमिटर दूरी पार गर्ने धावकले एक दिनका लागि ‘राजा’को उपाधिसहित श्रीपेच, पगरी र आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। ...

नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक
काठमाडौं । नृपेश उप्रेतीकृत गजल संग्रह ‘आगो रहरको’ सार्वजनिक गरिएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरी बराल, करुण थापा, लेखक उप्रेतीकी आमा नन्दकुमारी उप्रेती लगायतले गजल संग्रह सार्वजनिक गरेका हुन् । कुनै समय नेपालको सञ्चारकर्ममा क्रियाशील उप्रेती हाल बेलायतमा बसोबास गर्दै आएका छन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा क्रियाशील रहेकामा… ...

फेरि संशोधन हुँदै शिक्षा नियमावली, स्थायी भएको एक वर्ष पुगेका शिक्षक सरुवा हुनसक्ने
तीन महिनाअघि शिक्षा नियमावली संशोधन गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले फेरि संशोधन गर्न लागेको हो । संशोधित नियमावलीको मस्यौदमा सहमतिको लागि अर्थ मन्त्रालयमा पुगेको छ । ...



