विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

<p>प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी गराएको छ ।</p> <p>असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खसेर अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु गरिएको छ ।</p> <p>असोज २५ गते बिहान ५ः३० बजे बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २, ३ र वडा नं. ९ नयाँपुल क्षेत्र प्रभावित भएको छ । सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड हाल पूर्ण रूपमा अवरुद्ध रहेको छ ।</p>
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दौडबाटै ‘राजा’ छान्ने १२औँ लिगलिग दौड
गोरखाको पालुङटारस्थित ऐतिहासिक लिगलिगकोटमा दौड प्रतियोगितामार्फत राजा छनोट गर्ने परम्परा नेपालको इतिहासमै विशिष्ट छ। चेपेघाटदेखि कोटसम्मको १३.८ किलोमिटर दूरी पार गर्ने धावकले एक दिनका लागि ‘राजा’को उपाधिसहित श्रीपेच, पगरी र आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। ...

नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक
काठमाडौं । नृपेश उप्रेतीकृत गजल संग्रह ‘आगो रहरको’ सार्वजनिक गरिएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरी बराल, करुण थापा, लेखक उप्रेतीकी आमा नन्दकुमारी उप्रेती लगायतले गजल संग्रह सार्वजनिक गरेका हुन् । कुनै समय नेपालको सञ्चारकर्ममा क्रियाशील उप्रेती हाल बेलायतमा बसोबास गर्दै आएका छन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा क्रियाशील रहेकामा… ...

फेरि संशोधन हुँदै शिक्षा नियमावली, स्थायी भएको एक वर्ष पुगेका शिक्षक सरुवा हुनसक्ने
तीन महिनाअघि शिक्षा नियमावली संशोधन गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले फेरि संशोधन गर्न लागेको हो । संशोधित नियमावलीको मस्यौदमा सहमतिको लागि अर्थ मन्त्रालयमा पुगेको छ । ...



