Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीले लिए अनुमति

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीले लिए अनुमति

10/15/2026, 7:14:46 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीले लिए अनुमति

सन् २०२६ को शरद् ऋतुमा अहिलेसम्म नेपालका ४१ हिमाल आरोहणका लागि ७१ देशका १ हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले सार्बजनिक गरेको विवरण अनुसार आरोहण अनुमतिबापत १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। विभागको विवरणअनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन्। उनीहरू १३० आरोहण समूहमा आबद्ध छन्। हिमालअनुसारको विवरणमा मनास्लु आरोहणका लागि सबैभन्दा धेरै ५०० जनाले अनुमति लिएका छन्। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण अनुमतिबाट मात्र १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। यो कुल रोयल्टीको करिब ८० प्रतिशत हो। मनास्लुपछि आमादब्लमबाट सबैभन्दा धेरै रोयल्टी सङ्कलन भएको छ। ६ हजार ८१४ मिटर अग्लो आमादब्लम आरोहणका लागि १७८ जनाले अनुमति लिएका छन्। यसबाट १ लाख ७८ हजार अमेरिकी डलर अर्थात् २ करोड ७३ लाख १५ हजार ५०० रुपैयाँ रोयल्टी प्राप्त भएको छ। त्यस्तै, ६ हजार २६५ मिटर अग्लो हिमलुङ आरोहणका लागि ९४ जनाले अनुमति लिएका छन्। यसबाट ३७ हजार ६०० अमेरिकी डलर अर्थात् ५७ लाख ८८ हजार ९६० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। ८ हजार १६७ मिटर अग्लो धौलागिरि प्रथमबाट ३७ आरोहीमार्फत ५५ हजार ५०० अमेरिकी डलर अर्थात् ४८ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी प्राप्त भएको विवरणमा उल्लेख छ। अन्य हिमालमध्ये चाम्लाङ र बरुणत्सेमा १९–१९ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण प्रथममा १९, सगरमाथामा चार, मकालुमा तीन र धौलागिरि दोस्रोमा ६ जनाले आरोहण अनुमति लिएका छन्। देशअनुसार चीनका सबैभन्दा धेरै १३२ आरोहीले अनुमति लिएका छन्। त्यस्तै, रुसका ९६, अमेरिकाका ९४, फ्रान्सका ९३, जर्मनीका ८० र बेलायतका ७४ आरोहीले अनुमति लिएका छन्। अस्ट्रेलियाका ३३, जापानका २८, इटालीका २८, स्विट्जरल्यान्डका २८, क्यानडाका २७, नेपालको २६ र भारतका २२ आरोही पनि सूचीमा छन्। यसैगरी, स्पेनका २१, दक्षिण कोरियाका १०, स्लोभेनियाका नौ, ब्राजिलका चार, सिङ्गापुरका चार, पोल्यान्डका २९, नर्वेका आठ र नेदरल्यान्ड्सका ११ आरोहीले अनुमति लिएका छन्। विभागको विवरणमा अर्जेन्टिना, बेल्जियम, बुल्गेरिया, चिली, कोलम्बिया, कोस्टारिका, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इक्वेडर, इस्टोनिया, फिनल्यान्ड, जर्जिया, ग्रिस, हङकङ, हङ्गेरी, आइसल्यान्ड, इन्डोनेसिया, इरान, आयरल्यान्ड, इजरायल, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, उत्तर म्यासेडोनिया, मलेसिया, मेक्सिको, मोल्डोभा, मोन्टेनेग्रो, न्युजिल्यान्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्लोभाकिया, दक्षिण अफ्रिका, स्विडेन, ताइवान, थाइल्यान्ड, युक्रेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला र भियतनामलगायत देशका आरोहीले पनि विभिन्न हिमालको आरोहण अनुमति लिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
OthersJust now

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट ...

पर्दाफास
विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित
OthersJust now

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी गराएको छ । असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खसेर अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु गरिएको छ । असोज २५ गते बिहान ...

पर्दाफास
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवासको फराकिलो अग्रता
OthersJust now

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवासको फराकिलो अग्रता

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। १९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन्। त्यस्तै महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले… ...

अनलाइन खबर
स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा
OthersJust now

स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा

२९ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ मोबाइल खरिद गरेकी न्युरोडकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छिन् । कम्पनीका अनुसार सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण टेक्नोको स्पार्क गो ३ नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play