Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

10/15/2026, 7:19:41 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। सरकारले तीन वर्षभित्र स्थायी आवास निर्माण गरी प्रभावित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। नेपाल वातावरण पत्रकार समूहले मंगलबार आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ विषयक कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, गोरखा र धादिङका परिवारका लागि स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गरिनेछ। सरकारले बाढीपीडित परिवारलाई पाँच महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि दुई हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइनेछ। प्रभावित परिवारलाई आगामी तीन महिनाका लागि प्रतिपरिवार ४५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको उप्रेतीले बताए। कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सञ्जय उप्रेतीले पुनःस्थापनाका क्रममा विपद् जोखिम र इन्जिनियरिङ पक्षसँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताए। बाढीबाट प्रभावित स्थानीयले भने अझै मानसिक त्रास र अनिश्चिततामा जीवन बिताउनुपरेको गुनासो गरेका छन्। टिमुरेकी स्थानीय छेदिन डोल्माले बाढीपछिको मानसिक त्रासबाट आफूहरू मुक्त हुन नसकेको बताइन्। स्थानीय नामग्याल घलेले आफूहरू पूर्ण रूपमा विस्थापित भएको र अब कहाँ जाने भन्ने टुङ्गो नलागेको बताए। टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फूर्वु दोर्जेका अनुसार बाढीमा विद्यालयका १० विद्यार्थी बेपत्ता भएका छन्। विद्यालय भवनसमेत पूर्ण रूपमा नष्ट भएकाले आगामी दिनमा पठनपाठन सञ्चालन र शैक्षिक वातावरण निर्माणबारे अन्योल रहेको उनले बताए। रसुवाका पत्रकार निराजन पौडेलले बाढीमा आफ्ना आमाबुवासहित परिवारका पाँच सदस्य गुमाएको र बाढी आएको ५० दिन बितिसक्दा पनि राहत नपाएको गुनासो गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
OthersJust now

नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट ...

पर्दाफास
विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित
OthersJust now

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै सडक अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी गराएको छ । असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खसेर अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु गरिएको छ । असोज २५ गते बिहान ...

पर्दाफास
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवासको फराकिलो अग्रता
OthersJust now

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवासको फराकिलो अग्रता

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन्। १९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन्। त्यस्तै महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले… ...

अनलाइन खबर
स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा
OthersJust now

स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ किन्दा न्युरोडकी शर्माले जितिन् चाँदीको चंगा

२९ असोज, काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोको ‘स्पार्क गो ३’ मोबाइल खरिद गरेकी न्युरोडकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छिन् । कम्पनीका अनुसार सुपथ मूल्य, उत्कृष्ट सुविधा र भरपर्दो टिकाउपनका कारण टेक्नोको स्पार्क गो ३ नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । दैनिक प्रयोगका लागि आवश्यक आधुनिक सुविधा र चाडपर्वमा उपहार दिन उपयुक्त मूल्य दायरा भएका कारण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play