भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा, अब पेन्सनपट्टा बनाउन काठमाडौं जानु नपर्ने

भोजपुर । भोजपुरका शिक्षकले अवकाशपछि पेन्सनपट्टा बनाउन काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले भोजपुरबाट ई–पेन्सन सेवा सुरु गरेसँगै शिक्षकले जिल्लाबाटै पेन्सनपट्टा प्राप्त गर्न सक्ने भएका हुन् । राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले कोशी प्रदेश तथा पहाडी जिल्लामै पहिलोपटक भोजपुरबाट बुधबार ई–पेन्सन सेवा सुरु गरेको हो । सेवा शुभारम्भका लागि भोजपुर आउनुभएका शाखाका गणेश श्रेष्ठले प्रदेश र पहाडी जिल्लामध्ये भोजपुरबाट पहिलोपटक यो सेवा सुरु गरिएको जानकारी दिनुभयो । सेवा सुरु भएसँगै शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरले पहिलो ई–पेन्सनपट्टा भोजपुर नगरपालिका–३, गुप्तेश्वरका अवकाशप्राप्त प्राथमिक शिक्षक ज्ञानबहादुर खड्कालाई प्रदान गरेको छ । इकाइ प्रमुख निवास न्यौपानेका अनुसार खड्का जनज्योति आधारभूत विद्यालयबाट अवकाश हुनुभएको थियो । ई–पेन्सन सेवाको परीक्षण सफल भएपछि यसलाई विस्तार गरिएको हो । यसअघि अवकाशप्राप्त शिक्षकले पेन्सनपट्टा बनाउन विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइ हुँदै राष्ट्रिय किताबखानाको कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो । अब आवश्यक कागजात इकाइमा बुझाएपछि जिल्लाबाटै पेन्सनपट्टा प्राप्त गर्न सकिने शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरले जनाएको छ । निजामती कर्मचारीका लागि गत चैतदेखि नै ई–पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि पेन्सनसम्बन्धी कामका लागि काठमाडौं आउजाउ गर्दा खर्चिलो र झन्झटिलो हुने गुनासो बढेपछि शिक्षकका लागि पनि यो सेवा सुरु गरिएको हो । पहिलो ई–पेन्सनपट्टा प्राप्त गर्नुभएका शिक्षक खड्काले जिल्लाबाटै सेवा पाउँदा अवकाशप्राप्त शिक्षकलाई राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका र इकाइ हुँदै किताबखानामा आएर पेन्सनपट्टा बनाउनुपर्थ्यो । मैले जिल्लाबाटै प्राप्त गर्ने अवसर पाएँ । यसले अवकाशप्राप्त शिक्षकलाई राहत मिलेको छ ।”
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !
काठमाडौं । नेपालीहरुकाे महान् चाड दशैँ सुरु भइसक्याे । बजारमा मानिसहरूको चहलपहल बढेको छ । पसलहरूमा नयाँ लुगा छान्नेको भीड छ । घरघरमा लिपपोत र रङरोगन भइरहेको छ । कतै मीठोमसिनो पकाउने तयारी छ, कतै परिवारसँग बसेर दशैँ मनाउने योजना बुनिँदै छ । बालबालिका नयाँ लुगा लगाउने र टीका थापेर दक्षिणा पाउने कल्पनामा रमाइरहेका छन् । तर भक्तपुरको बोडेस्थित कृषि तालिम ...

माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का
काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्दै ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ। कम्पनीका अनुसार नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई जोड दिने उद्देश्यले माउन्ट गोल्ड ह्विस्की सार्वजनिक गरिएको हो। ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ अवधारणामा आधारित ...

राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ब्रुनाई, सुडान र घानाका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ब्रुनाईका राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी, सुडानका राजदूत डा. मोहम्मद अब्दल्ला अली एल्टोम र घानाका राजदूत कोजो बोन्सुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। The post राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र ...

एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सन् २०२६ मा ओमोडा जेकाे ‘पावर्ड बाई’ प्रायोजकका रूपमा जोडिने भएको छ । नेपालमा ओमोडा जेकाेका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिँदै प्रायोजनको नयाँ भूमिका सार्वजनिक गरेको हो । सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ओमोडा जेकाे प्रतियोगितासँग ‘ड्रिभन बाई’ साझेदारका रूपमा आबद्ध ...


