पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने छौं -उपसभापति मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने बताएका छन् । बुधबार काठमाडौंमा लक्ष्मण बहादुर शाहीको आधा अध्याय पुस्तक लोकार्पण गर्दै आचार्यले पार्टीमा व्यक्तिभन्दा पनि पद्धति धेरै महत्त्वपूर्ण हुने बताए । उनले पहुँचको भरमा अवसर पाउने प्रवृत्तिको विरोध गर्दै जनताको सेवामा समर्पण गरेकालाई प्राथमिकता दिइने स्पष्ट पारे । आन्तरिक मूल्याङ्कनका आधारमा टिकट वितरणको पद्धतीको बिकास गर्नुपर्ने उनको भनाइ छ । उनले लोकतन्त्र आफैँमा एउटा पद्धति भएकाले यसले ल्याउने सुधारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीभित्रका घात–अंतरघात र विकृतिलाई अन्त्य गरि एकता, सबल सामथ्र्य र योग्यतान्त्रलाई अगाडि बढाउन आफ्नो भूमिका हुने उनको भनाइ छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

महँगीले खुम्चिएको दसैँ
नेपालीहरूको ठूलो पर्व दसैँ घरआँगनमा आइसकेको छ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यस वर्ष महँगीको मारमा परेको छ। रसुवाको भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीलगायत विभिन्न जिल्लामा भएका प्राकृतिक विपत्ति तथा राजधानी काठमाडौं जोड्ने सडक सञ्जालमा आएको अवरोधले पनि बजारमा वस्तुको आपूर्ति प्रभावित भएको छ। यस वर्ष अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन। दसैँमा भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न तथा ...

सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ घर भएका २० वर्षीय राजु यादव उर्फ... ...

उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता छः प्रस्तावित राजदुत थापा
काठमाडाैँ । जापानका लागि प्रश्तावित नेपाली राजदुत जिज्ञानकुमार थापाले लामो समयदेखि हुन नसकेको कार्यकारी तहको उच्चस्तरीय भ्रमण र त्यहाँ तीव्र रूपमा बढिरहेको नेपाली समुदायलाई चुस्त कन्सुलर सेवा प्रदान गर्नु आफ्नो मुख्य दायित्व हुने बताएका छन् । बुधबार संसदीय सुनुवाई समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबिचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई थप सक्रिय र जनमुखी बनाउने ...

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन : कोशी घोषणा-२०८३ जारी, के छन् प्रतिबद्धता ?
विराटनगर : विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ ले साझा प्रतिबद्धता पत्र 'कोशी घोषणा-२०८३' जारी गरेको छ। असोज २७ र २८ गते आयोजना गरिएको उक्त सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो। घोषणा-पत्रमा संघीयता कार्यान्वयन, संविधान प्रदत्त प्रदेश अधिकारको पूर्ण प्रयोग, वित्तीय स्वायत्तता र प्रदेश प्रहरी समायोजन लगायतका विषयलाई प्रा… ...


