Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता छः प्रस्तावित राजदुत थापा

उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता छः प्रस्तावित राजदुत थापा

10/14/2026, 2:01:44 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता छः प्रस्तावित राजदुत थापा

काठमाडाैँ । जापानका लागि प्रश्तावित नेपाली राजदुत जिज्ञानकुमार थापाले लामो समयदेखि हुन नसकेको कार्यकारी तहको उच्चस्तरीय भ्रमण र त्यहाँ तीव्र रूपमा बढिरहेको नेपाली समुदायलाई चुस्त कन्सुलर सेवा प्रदान गर्नु आफ्नो मुख्य दायित्व हुने बताएका छन् । बुधबार संसदीय सुनुवाई समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबिचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई थप सक्रिय र जनमुखी बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत थापाले नेपाल र जापानबीच उच्च राजनीतिक संवादको रिक्तता हटाउन पहल गर्ने बताए । नेपालबाट सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीले भ्रमण गरेयता प्रधानमन्त्रीस्तरको द्विपक्षीय भ्रमण हुन नसकेको औंल्याउँदै उनले यस अन्तराललाई तोड्न दुवै सरकारसँग समन्वय गरी उच्चस्तरीय भ्रमणको वातावरण बनाउने स्पष्ट पारे । जापानमा नेपाली समुदायको उपस्थिति अभूतपूर्व रूपमा बढेको तथ्यांक प्रस्तुत गर्दै थापाले पछिल्लो दुई दशकमा नेपालीको संख्या करिव ४३ गुणाले बढेको जानकारी दिए । सन् २००५ मा ६ हजार ९५३ जना रहेकोमा हाल यो संख्या ३ लाख ९ हजार ९९२ पुगेको छ, जुन नेपालको कुल जनसंख्याको करिव एक प्रतिशत बराबर हो। जापानका सबै ४७ वटै प्रिफेक्चरमा फैलिएका नेपालीहरूमध्ये एक लाख १६ हजारभन्दा बढी विद्यार्थी, करिव ७३ हजार पारिवारिक आश्रित र ४८ हजारभन्दा बढी प्राविधिक तथा व्यावसायिक भिसामा रहेका छन् । समुदायको तिब्र विस्तारसँगै दुतावासको वर्तमान जनशक्ति र पूर्वाधारले माग धान्न कठिन भइरहेको स्वीकार्दै उनले कन्सुलर सेवालाई पूर्ण डिजिटलाइज्ड गर्ने योजना अघि सारे। राहदानी तथा अन्य प्रमाणीकरणका लागि अनलाइन आवेदन, डिजिटल भुक्तानी र टोकियोबाहिर टाढा बस्ने नेपालीहरूका लागि समुदायको मागअनुसार घुम्ती कन्सुलर सेवा सञ्चालन गरिने उनको भनाइ छ । यसका साथै श्रमिकहरूको मागपत्र प्रमाणीकरण प्रक्रियालाई सरलीकृत गर्दै निश्चित समयसीमाभित्र सम्पन्न गर्ने प्रणाली बसाल्ने उनले बताए । जापानमा लामो समय उच्च शिक्षा, प्राध्यापन तथा कुटनीतिक समन्वयको अनुभव सम्हालेका थापाले आफ्नो भाषागत दक्षता र स्थानीय तहसम्मको सम्बन्धलाई राष्ट्रिय हित तथा आर्थिक कुटनीतिमा सदुपयोग गर्ने विश्वास दिलाए । विपद् व्यवस्थापन र विकास साझेदारीमा जापानले पु¥याउँदै आएको सहयोगको स्मरण गर्दै उनले नागरिक स्तरको सम्बन्धलाई अझ फराकिलो बनाउने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
ताजा खबरJust now

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त

फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

कान्तिपुर
झिझिया नृत्यबारे बहस
ताजा खबरJust now

झिझिया नृत्यबारे बहस

जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

गोरखापत्र
पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
ताजा खबरJust now

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला

पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play