पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरीमा सेवा सञ्चालनमा आएको हो । दसैँ, तिहारमा आवागमन सहज बनाउने उद्देश्यले पाँच महिनापछि सेवा सञ्चालनमा आएको हो । बर्सातका कारण गत जेठदेखि बन्द रहेको सतिघाटखण्ड बुधबारदेखि फेरी सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ । दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सतिघाटमा हलुका सवारीसाधनलाई नदी वारपार गर्न मिल्ने गरी सेवा सञ्चालनमा ल्याइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका नागरिकलाई आवागमनमा समस्या हुँदै आएको थियो । सेवा सञ्चालनमा आएसँगै उत्तरी क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न तथा आवतजावत गर्न सहज हुने उनको भनाइ छ । आवागमन सञ्चालनमा आएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई राहत पुगेको छ । सतिघाटमा पक्की पुल निर्माण नहुँदा सवारीसाधन, यात्रु तथा दैनिक उपभोग्य वस्तु नदी वारपार गराउन फेरीमा निर्भर हुनुपर्ने अवस्था छ । विसं २०७६ देखि फेरी सञ्चालन हुँदै आएको छ । फेरी सञ्चालनले भोजपुरको उत्तरी क्षेत्रका बासिन्दालाई सङ्खुवासभासँग जोडिन तथा दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न सहज बनाउँदै आएको छ । यद्यपि, बर्सातका कारण हरेक वर्ष सेवा बन्द हुँदा स्थानीयवासीले समस्या भोग्नुपर्ने भएकाले सतिघाटमा पक्की पुल निर्माणको आवश्यकता कायमै छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरे । दुवै मुलुकबीच रहिआएको ...

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरेका थिए। दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई ...

आईएमएफको वार्षिक बैठकमा पहिलोपटक नेपालको नेतृत्वदायी भूमिका, सांसद खड्काको पहलमा गरियो ‘नेपाल कर्नर’ कार्यक्रम
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकका अवसरमा बैंककमा आयोजित ‘नेपाल कर्नर’ कार्यक्रम बागलुङ -१ का प्रतिनिधिसभा सदस्य सुशील खड्काको पहल र नेतृत्वमा सञ्चालन गरिएको छ। कार्यक्रममा नेपालबाट पाँच जना सांसदसहित विभिन्न क्षेत्रका प्रतिनिधि, विज्ञ तथा बैंककमा रहेका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो। इन्स्टिच्यु... ...

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको ...


