Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट प्रणालीहरु, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरु, डीपीआइका लागि थप पूर्वाधारहरु, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गरिनेछ । आ.व. २०८२/८३ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या र रकमको आधारमा १३ प्रतिशत ले वृद्धि भए सँगै कम्पनीको सञ्चालन आमदानी ७% ले वृद्धि भएको छ । कम्पनीको खुद नाफा ने.रु ४१ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो । उक्त वार्षिक साधारण सभाबाट एनसीएचएलले बैंकिङ्ग/वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास, जडान एवम् सो संग सम्बन्धित आवश्यक कार्य समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक वा सम्बद्ध कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । वित्तीय क्षेत्रको लागि आवश्यक प्रविधि तथा सफ्टवेयरको विकास र जडान गर्ने उद्देश्य सहित उक्त कम्पनीले काम गर्नेछ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुबाट क्रमशः १–१ जनाको प्रतिनिधित्व रहेको छ भने १ जना स्वतन्त्र सञ्चालक रहेको छ। एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले NCHL-ECC, NCHL-IPS, EFT Card Switch, National Payment Switch (NPS) अन्र्तगत NPS-NCS / RPS, NPI, NPIx प्रणालीहरु सञ्चालनमा रहेको छ । connectIPS, CORPORATEPAY, connectRTGS, NEPALPAY QR, र NEPALPAY Card लगायत विभिन्न भुक्तानी उपकरणहरु समेत सञ्चालन गर्दै आएको छ । एनसीएचएलमा हाल नेपाल राष्ट्र बैक समेत गरी ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा १५० भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् । The post नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने
ताजा खबरJust now

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने

काठमाडाैँ। नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ। कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरवलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको... ...

रातोपाटी
सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]
ताजा खबरJust now

सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार योजनाको पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ । छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण ...

केन्द्रबिन्दु
बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग
ताजा खबरJust now

बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग

काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु चार लाख २८ हजार ५०० को चेक... ...

रातोपाटी
विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व
ताजा खबरJust now

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व

काठमाडौँ, असोज २९ गते। नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play