Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]

सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार योजनाको पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ । छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ । भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् । मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा छनोट भएका विद्यालयमा भवन निर्माणको काम अघि बढाइएको छ । नयाँ पूर्वाधारले विद्यार्थीको सिकाइ वातावरणलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ । पहिलो चरणमा छनोट भएका ८९ विद्यालयमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३३ वटा छन् । मधेशपछि लुम्बिनी प्रदेशका २१ र कोशी प्रदेशका १८ विद्यालय छनोट भएका छन् । त्यस्तै, सुदूरपश्चिम र गण्डकी प्रदेशका ६–६ विद्यालय छनोट भएका छन् । गण्डकी प्रदेशमा कास्कीका ३, नवलपरासी पूर्वका २ र तनहुँको एउटा विद्यालय छनोट भएको छ । कर्णाली प्रदेशका ३ विद्यालय पनि योजनामा समेटिएका छन् । १. कोशी प्रदेश (१८ विद्यालय) १. त्रियुगा नमुना माध्यमिक विद्यालय — त्रियुगा नगरपालिका, उदयपुर२. त्रिवेणी माध्यमिक विद्यालय — कटारी नगरपालिका, उदयपुर३. धुलाबारी माध्यमिक विद्यालय — मेचीनगर नगरपालिका, झापा४. हिमालय माध्यमिक विद्यालय — दमक नगरपालिका, झापा५. देवी माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा६. महेन्द्र रत्न माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा७. कन्काई माध्यमिक विद्यालय — कन्काई नगरपालिका, झापा८. मोहनमाया माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा९. भानु माध्यमिक विद्यालय — फुङ्लिङ नगरपालिका, ताप्लेजुङ१०. फिदिम माध्यमिक विद्यालय — फिदिम नगरपालिका, पाँचथर११. साजीलाल माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ१२. राधिका माध्यमिक विद्यालय — उर्लाबारी नगरपालिका, मोरङ१३. पञ्चायत माध्यमिक विद्यालय — पथरीशनिश्चरे नगरपालिका, मोरङ१४. सुकुना माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ१५. पोखरिया माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ१६. आदर्श माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ१७. जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय — बराहक्षेत्र नगरपालिका, सुनसरी१८. पब्लिक हाई स्कुल — धरान उपमहानगरपालिका, सुनसरी २. मधेश प्रदेश (३३ विद्यालय) १. शंकट मोचन देवशरण माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा२. जनता मोडेल माध्यमिक विद्यालय — विदेह नगरपालिका, धनुषा३. विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय — मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा४. गोगलप्रसाद नमुना माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा५. याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा६. नरसिंह माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा७. त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा८. जिल्ला उचाङ्गाल रामदेव–कलवार माध्यमिक विद्यालय — पोखरिया नगरपालिका, पर्सा९. माइस्थान विद्यापीठ माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा१०. नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय — जितपुरसिमरा उपमहानगरपालिका, बारा११. दुर्गा माध्यमिक विद्यालय — कलैया उपमहानगरपालिका, बारा१२. गौरीशंकर माध्यमिक विद्यालय — निजगढ नगरपालिका, बारा१३. गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय — महागढीमाई नगरपालिका, बारा१४. श्री ३ चन्द्र माध्यमिक विद्यालय — कलैया उपमहानगरपालिका, बारा१५. भेरुखी माध्यमिक विद्यालय — लोहरपट्टी नगरपालिका, महोत्तरी१६. राष्ट्रिय माध्यमिक विद्यालय — साम्सी गाउँपालिका, महोत्तरी१७. महेन्द्र रा. माध्यमिक विद्यालय — रामगोपालपुर नगरपालिका, महोत्तरी१८. सरस्वती माध्यमिक विद्यालय — गढीमाई नगरपालिका, रौतहट१९. कटहरिया माध्यमिक विद्यालय — कटहरिया नगरपालिका, रौतहट२०. जनता माध्यमिक विद्यालय सोनरनिया — मौलापुर नगरपालिका, रौतहट२१. जुद्ध माध्यमिक विद्यालय — गौर नगरपालिका, रौतहट२२. नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय — राजदेवी नगरपालिका, रौतहट२३. रामचन्द्र माध्यमिक विद्यालय — गरुडा नगरपालिका, रौतहट२४. नमुना माध्यमिक विद्यालय वरगजवा — वृन्दावन नगरपालिका, रौतहट२५. जनज्योति माध्यमिक विद्यालय — चन्द्रपुर नगरपालिका, रौतहट२६. जयकिसन माध्यमिक विद्यालय — देवाही गोनाही गाउँपालिका, रौतहट२७. माध्यमिक विद्यालय पथरा बुधराम — मौलापुर नगरपालिका, रौतहट२८. सरस्वती माध्यमिक विद्यालय — दुर्गा भगवती गाउँपालिका, रौतहट२९. नारायण माध्यमिक विद्यालय — ईश्वरपुर नगरपालिका, सर्लाही३०. जनज्योति माध्यमिक विद्यालय — लालबन्दी नगरपालिका, सर्लाही३१. बेनीभोला मोडेल माध्यमिक विद्यालय — गोडैता नगरपालिका, सर्लाही३२. मोहन माध्यमिक विद्यालय — मिर्चैया नगरपालिका, सिरहा३३. चन्द्र माध्यमिक विद्यालय — सिरहा नगरपालिका, सिरहा ३. बागमती प्रदेश (२ विद्यालय) १. गान्धी माध्यमिक विद्यालय — कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं२. नारायणी नमुना माध्यमिक विद्यालय — भरतपुर महानगरपालिका, चितवन ४. गण्डकी प्रदेश (६ विद्यालय) १. अमरसिंह माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की२. कालिका माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की३. छोरेपाटन माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की४. जनक माध्यमिक विद्यालय — गैँडाकोट नगरपालिका, नवलपरासी पूर्व५. भीमसेन आदर्श माध्यमिक विद्यालय — देवचुली नगरपालिका, नवलपरासी पूर्व६. सत्यवती माध्यमिक विद्यालय — व्यास नगरपालिका, तनहुँ ५. लुम्बिनी प्रदेश (२१ विद्यालय) १. नेपाल आदर्श माध्यमिक विद्यालय — शिवराज नगरपालिका, कपिलवस्तु२. जनता माध्यमिक विद्यालय — बाणगंगा नगरपालिका, कपिलवस्तु३. पद्मोदय पब्लिक माध्यमिक विद्यालय — घोराही उपमहानगरपालिका, दाङ४. माध्यमिक विद्यालय रजेना — घोराही उपमहानगरपालिका, दाङ५. माध्यमिक विद्यालय तुलसीपुर सेन्टर — तुलसीपुर उपमहानगरपालिका, दाङ६. सिद्ध रत्न माध्यमिक विद्यालय — तुलसीपुर उपमहानगरपालिका, दाङ७. गुरु जजुर माध्यमिक विद्यालय — तुलसीपुर उपमहानगरपालिका, दाङ८. बाल विकास माध्यमिक विद्यालय — घोराही उपमहानगरपालिका, दाङ९. रामतुलसी माध्यमिक विद्यालय — रामपुर नगरपालिका, पाल्पा१०. त्रिभुवन माध्यमिक विद्यालय — कोहलपुर नगरपालिका, बाँके११. धम्बोझी माध्यमिक विद्यालय — नेपालगञ्ज उपमहानगरपालिका, बाँके१२. मङ्गलप्रसाद माध्यमिक विद्यालय — नेपालगञ्ज उपमहानगरपालिका, बाँके१३. कालिका मानव ज्ञान माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही१४. नवीन औद्योगिक रिता माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही१५. शान्ति नमुना माध्यमिक विद्यालय — तिलोत्तमा नगरपालिका, रुपन्देही१६. कान्ति भैरम माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही१७. पब्लिक माध्यमिक विद्यालय — सियारी गाउँपालिका, रुपन्देही१८. रामापुर माध्यमिक विद्यालय — सैनामैना नगरपालिका, रुपन्देही१९. सैनामैना माध्यमिक विद्यालय — सैनामैना नगरपालिका, रुपन्देही२०. रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय — सिद्धार्थनगर नगरपालिका, रुपन्देही२१. बालकल्याण माध्यमिक विद्यालय — रोल्पा नगरपालिका, रोल्पा ६. कर्णाली प्रदेश (३ विद्यालय) १. चन्दननाथ माध्यमिक विद्यालय — चन्दननाथ नगरपालिका, जुम्ला२. अमरज्योति माध्यमिक विद्यालय — वीरेन्द्रनगर नगरपालिका, सुर्खेत३. जन माध्यमिक विद्यालय — वीरेन्द्रनगर नगरपालिका, सुर्खेत ७. सुदूरपश्चिम प्रदेश (६ विद्यालय) १. महेन्द्रनगर माध्यमिक विद्यालय — भीमदत्त नगरपालिका, कञ्चनपुर२. त्रिनगर माध्यमिक विद्यालय — धनगढी उपमहानगरपालिका, कैलाली३. दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय — गोदावरी नगरपालिका, कैलाली४. कर्णाली माध्यमिक विद्यालय — टीकापुर नगरपालिका, कैलाली५. महेन्द्र मोडल माध्यमिक विद्यालय — महाकाली नगरपालिका, दार्चुला६. मालिका माध्यमिक विद्यालय — बडीमालिका नगरपालिका, बाजुरा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

उदयपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते (नामावलीसहित)
ताजा खबरJust now

उदयपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते (नामावलीसहित)

काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। काठमाडौँबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५२२ न. को बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा आफै अनियन्त्रित भई रोडको साइडमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापाग... ...

नेपालखबर
कर्णाली सरकारले लेक, पाटन र खर्कको संरक्षणका लागि रणनीतिक योजना बनाउने
ताजा खबरJust now

कर्णाली सरकारले लेक, पाटन र खर्कको संरक्षणका लागि रणनीतिक योजना बनाउने

दोहोरो असरका कारण प्राकृतिक वातावरण प्रभावित भएपछि प्रदेश सरकारले संरक्षण कार्यक्रमलाई व्यवस्थित गर्न लागेको हो। ...

हाम्राकुरा
विगतका आधारमा व्यक्तिको सम्पूर्ण भविष्यको फैसला गर्न मिल्दैन : रास्वपा सचेतक धिताल
ताजा खबरJust now

विगतका आधारमा व्यक्तिको सम्पूर्ण भविष्यको फैसला गर्न मिल्दैन : रास्वपा सचेतक धिताल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले व्यक्तिको विगतका घटनाका आधारमा उसको सम्पूर्ण भविष्यको फैसला गर्न नहुने बताएकी छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै धितालले... ...

रातोपाटी
२६४ किलोभन्दा बढी गाँजा बरामद
ताजा खबरJust now

२६४ किलोभन्दा बढी गाँजा बरामद

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरबाट प्रहरीले तयारी अवस्थाको २६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।  मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गाँजा लुकाएर राखिएको सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैला… ...

अन्नपूर्णपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play