परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरे । दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने
काठमाडाैँ। नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ। कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरवलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको... ...
![सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]](https://kendrabindu.com/wp-content/uploads/2026/10/419.jpg)
सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार योजनाको पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ । छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण ...

बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग
काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु चार लाख २८ हजार ५०० को चेक... ...

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व
काठमाडौँ, असोज २९ गते। नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक... ...


