Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरेका थिए। दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने
ताजा खबरJust now

नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने

काठमाडाैँ। नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ। कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरवलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको... ...

रातोपाटी
सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]
ताजा खबरJust now

सामुदायिक विद्यालयको पूर्वाधारमा ६ अर्ब ५४ करोड लगानी, पहिलो चरणमा छानिए ८९ विद्यालय [सूची]

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार योजनाको पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ । छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन निर्माण ...

केन्द्रबिन्दु
बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग
ताजा खबरJust now

बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग

काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु चार लाख २८ हजार ५०० को चेक... ...

रातोपाटी
विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व
ताजा खबरJust now

विजयादशमी : ऊर्जा रुपान्तरणको पर्व

काठमाडौँ, असोज २९ गते। नेपालीको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्वको आध्यात्मिक, सांस्कृतिक, पौराणिक, मनोवैज्ञानिक र वैज्ञानिक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play