Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सूर्यविनायक बालमैत्री नगरपालिका घोषणा, बालअधिकार संरक्षणमा महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री थापा मगर

सूर्यविनायक बालमैत्री नगरपालिका घोषणा, बालअधिकार संरक्षणमा महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री थापा मगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
सूर्यविनायक बालमैत्री नगरपालिका घोषणा, बालअधिकार संरक्षणमा महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री थापा मगर

भक्तपुर, असाेज २९। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सूर्यविनायक नगरपालिकालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’ घोषणा गरिनु बालअधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने आजकाे कार्यक्रममा बाेल्दै उहाँले साे कुरा बताउनुभएकाे हाे । उहाँले आफूलाई साे विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै नगरपालिकाका १० वटै वडाले बालमैत्री स्थानीय शासनका आवश्यक सूचक तथा मापदण्ड पूरा गर्नु प्रशंसनीय उपलब्धि भएको बताउनुभयाे । उहाँले यस उपलब्धिका लागि नगरप्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा नगरवासीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयाे । मुख्यमन्त्री थापा मगरले बालबालिकामा आज गरिने लगानी नै भोलिको समृद्ध प्रदेश र समुन्नत राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्नुभयाे। बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित, समावेशी र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयाे । बालमैत्री स्थानीय शासनको प्रभावकारी र दिगो कार्यान्वयनका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले बालबालिकाको समग्र विकास र उज्ज्वल भविष्य सुनिश्चित गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ
OthersJust now

ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिको यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको उनको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले विकासको यात्रामा धक्का लाग्दैमा ...

पर्दाफास
नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित
OthersJust now

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित

२९ असोज, काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले पन्ध्रौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस… ...

अनलाइन खबर
पूँजीबजारमा संस्थागत लगानीकर्ता भित्र्याउन बोर्डको नीति : धितोपत्रमा ३० प्रतिशतसम्म लगानी प्रस्ताव
OthersJust now

पूँजीबजारमा संस्थागत लगानीकर्ता भित्र्याउन बोर्डको नीति : धितोपत्रमा ३० प्रतिशतसम्म लगानी प्रस्ताव

२९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ । यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्यअनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो । यस नीतिमा सरोकारवाला पक्षको रचनात्मक राय तथा… ...

अनलाइन खबर
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य काे-काे ?
OthersJust now

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित, अन्य काे-काे ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play