Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हाइअर

लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हाइअर

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हाइअर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनीलायन्सको कुलेस्ट पार्टनरको रुपमा बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनीहायर स्मार्ट होमजोडिएको छ । यसका लागि दुई पक्षबीच केहिदिन अघिसम्झौता भएको हो । सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमालुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ । सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल रहायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा हायरकोलोगो रहने छ । सम्झौतापछि लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले हायरजस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्न पाउनु एनपीएलका लागिपनि महत्त्वपूर्ण भएको बताए । ‘हायर एउटा विश्वव्यापी ब्रान्ड हो । यस्तो कम्पनीसँग लुम्बिनी लायन्स जोडिँदाएनपीएलका लागि पनि ठूलो अर्थ राख्छ । अन्तर्राष्ट्रिय कम्पनीहरू फ्रेन्चाइजटोलीसँग जोडिँदा त्यसले एनपीएलको प्रतिष्ठा बढाउन सहयोग गर्छ,’ उनले भने ।हायरका उपाध्यक्ष झाले पनि लुम्बिनी लायन्ससँगको सहकार्यले नेपाली क्रिकेटलाईथप उचाइमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘हायर विश्वकै अग्रणीब्रान्डमध्ये एक हो भने लुम्बिनी लायन्स एनपिएलको अग्रणी टोली हो । यही कारणपनि हामीले यो साझेदारी गरेका हौँ । नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान दिँदैआएको लुम्बिनी लायन्ससँग जोडिन पाउँदा हामी खुसी र उत्साहित छौँ,’ उनले भने।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान रोहित पौडेलको कप्तानीमा रहेकोलुम्बिनी लायन्सको टोलीमा सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, आसिफ शेख,किशोर महतो, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतम, आकाशत्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहान छन् । भने, विदेशी खेलाडीकारूपमा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी आर्सी सर्ट, नामिबियाका तीव्र गतिकाबलर रुबेन ट्रम्पलम्यान र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालगायतटीममा रहेका छन् । The post लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हाइअर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !
ताजा खबरJust now

होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !

काठमाडौं । नेपालीहरुकाे महान् चाड दशैँ सुरु भइसक्याे । बजारमा मानिसहरूको चहलपहल बढेको छ । पसलहरूमा नयाँ लुगा छान्नेको भीड छ । घरघरमा लिपपोत र रङरोगन भइरहेको छ । कतै मीठोमसिनो पकाउने तयारी छ, कतै परिवारसँग बसेर दशैँ मनाउने योजना बुनिँदै छ । बालबालिका नयाँ लुगा लगाउने र टीका थापेर दक्षिणा पाउने कल्पनामा रमाइरहेका छन् । तर भक्तपुरको बोडेस्थित कृषि तालिम ...

केन्द्रबिन्दु
माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का
ताजा खबरJust now

माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का

काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्दै ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ। कम्पनीका अनुसार नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई जोड दिने उद्देश्यले माउन्ट गोल्ड ह्विस्की सार्वजनिक गरिएको हो। ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ अवधारणामा आधारित ...

हिमालय टाइम्स
राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
ताजा खबरJust now

राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ब्रुनाई, सुडान र घानाका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ब्रुनाईका राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी, सुडानका राजदूत डा. मोहम्मद अब्दल्ला अली एल्टोम र घानाका राजदूत कोजो बोन्सुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। The post राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र ...

कर्पोरट खबर
एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे
ताजा खबरJust now

एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सन् २०२६ मा ओमोडा जेकाे ‘पावर्ड बाई’ प्रायोजकका रूपमा जोडिने भएको छ । नेपालमा ओमोडा जेकाेका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिँदै प्रायोजनको नयाँ भूमिका सार्वजनिक गरेको हो । सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ओमोडा जेकाे प्रतियोगितासँग ‘ड्रिभन बाई’ साझेदारका रूपमा आबद्ध ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play