Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक

10/28/2026, 8:54:23 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमुनि खेलिएको खेलमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको विजयी लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । उनले विरोधी टोलीका कप्तान कुशल भुर्तेलको बलमा छक्का प्रहार गर्दै खेललाई जितमा परिणत गरे । यस्तै, टोलीका लागि ईशान पाण्डेले ३१ बलमा ३७ रन तथा ब्राण्डन म्याकमुलनले १२ बलमा २२ रनको योगदान दिए । पोखराका बलरहरू धनञ्जय लक्सन, शकिब अल हसन र मेहेदी हसनले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले पोखरालाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रनमा सीमित गरिदिएको थियो । पोखराका लागि अर्जुन घर्तीले २५ बलमा सर्वाधिक ४० रन बनाए भने मेहेदी हसनले २१ बलमा ३२ रन जोडे । अन्य ब्याटरहरूमा कप्तान कुशल भुर्तेलले २१ रन र शकिब अल हसनले १४ रन बनाए । सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिँदै पोखराको इनिङ्स नियन्त्रणमा राखे भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलेइनले १–१ विकेट हात पारे । उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सको यो पहिलो जित हो भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

विदेशमा ‘जलाकी’को माग
ताजा खबरJust now

विदेशमा ‘जलाकी’को माग

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ दर्शकमाझ लोकप्रिय बनेसँगै विदेशमा समेत माग बढ्न थालेको छ । दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको गीतलाई झन्डै ६० लाख पटक हेरिएको छ भने यसै गीतमा आधारित १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । गीतको लोकप्रियतासँगै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुने क्रम अघिबढेको छ । चलचित्रको ...

हिमालय टाइम्स
भ्रातृप्रेममा ‘पाँच पाण्डव’को ‘दाजुभाइजस्ता हुँदैनन् अरू’
ताजा खबरJust now

भ्रातृप्रेममा ‘पाँच पाण्डव’को ‘दाजुभाइजस्ता हुँदैनन् अरू’

काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ । दाजुभाइबीचको आत्मीयता, प्रेम र मिलनको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर छ । गीतमा अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरि बरालको शब्द रचना छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु ...

हिमालय टाइम्स
‘कबड्डी ५’को आक्रमक व्यापार
ताजा खबरJust now

‘कबड्डी ५’को आक्रमक व्यापार

काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले प्रदर्शनको पाँचौं दिनसम्ममा घरेलु बक्स अफिसमा सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । आइतबारसम्म पाँच करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यस चलचित्रले मंगलबारसम्म आइपुग्दा सात करोडको आँकडा पार गरेको हो । चलचित्रका निर्माता मणिराम पोखरेलले मंगलबारसम्म ‘कबड्डी ५’ ले देशभरबाट सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जानकारी ...

हिमालय टाइम्स
जलाशययुक्त आयोजनामा लगानी गर्न आह्वान
ताजा खबरJust now

जलाशययुक्त आयोजनामा लगानी गर्न आह्वान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत् आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’ मा सहभागी उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडासँग बाँध इञ्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play