Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘कबड्डी ५’को आक्रमक व्यापार

‘कबड्डी ५’को आक्रमक व्यापार

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कबड्डी ५’को आक्रमक व्यापार

काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले प्रदर्शनको पाँचौं दिनसम्ममा घरेलु बक्स अफिसमा सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । आइतबारसम्म पाँच करोड रुपैयाँभन्दा बढी कमाइ गरेको यस चलचित्रले मंगलबारसम्म आइपुग्दा सात करोडको आँकडा पार गरेको हो । चलचित्रका निर्माता मणिराम पोखरेलले मंगलबारसम्म ‘कबड्डी ५’ ले देशभरबाट सात करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जानकारी दिनुभएको छ । प्रदर्शनको सुरुवातदेखि नै यस चलचित्रले आक्रामक व्यापार गरिरहेको छ । दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र हेर्न सिनेमा हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । अधिकांश शो हाउसफुल भइरहेका छन् । दर्शकको बढ्दो आकर्षण र उत्साहजनक व्यापारले चलचित्रको आगामी कमाइ थप बढ्ने अपेक्षा गरिएको छ । प्रदर्शनको छैटौं दिन बुधबार पनि यस चलचित्रले उत्साहजनक दर्शक पाएको छ । उपलब्ध शोमध्ये बिहानै ६० भन्दा बढी शो हाउसफुल भएका थिए । बिहीबार देशभरका सिनेमा हल सञ्चालकले टिकटमा सहुलियत दिने भएकाले चलचित्रको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ । बाँसुरी फिल्मस्को प्रस्तुतिमा बनेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपिन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजारलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पाँच कट्ठामा सयपत्री फूलखेती, उत्पादन राम्रो हुँदा किसान उत्साहित
ताजा खबरJust now

पाँच कट्ठामा सयपत्री फूलखेती, उत्पादन राम्रो हुँदा किसान उत्साहित

सुनसरी, कात्तिक १३ गते । तिहारलाई लक्षित गर्दै सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ ।विगत पाँच वर्षदेखि त... ...

गोरखापत्र
अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा
ताजा खबरJust now

अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषबाट उत्पन्न मौसमी प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार साँझदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा सुरु भएको वर्षा शुक्रबार बिहानसम्म पनि जारी छ। रातभर निरन्तर वर्षा भएपछि जनजीवनसमेत प्रभावित भएको छ।अर्नब चक्रवात कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भए पनि त्यसबाट आएको जलवाष्प र माथिल्लो वायुमण्डलको मौसमी प्रणालीको अन्तरक्रियाले नेपालमा वर्षा भइरहेको ...

लुम्बिनी सञ्चार
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेमा
ताजा खबरJust now

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलान्चोक जिल्लामा भएको छ । रोसी मौसम मापन केन्द्रले यस क्षेत्रमा ३३ मिलिमिटर हल्का वर्षा भएको मापन गरेको छ । यस अवधिमा कोशी,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play