भ्रातृप्रेममा ‘पाँच पाण्डव’को ‘दाजुभाइजस्ता हुँदैनन् अरू’

काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ । दाजुभाइबीचको आत्मीयता, प्रेम र मिलनको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर छ । गीतमा अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरि बरालको शब्द रचना छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला दाजुभाइका रूपमा प्रस्तुत हुनुहुन्छ । युधिष्ठिरको भूमिकामा रहनुभएका हरिवंश स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको प्रसंगलाई भिडियोमा देखाइएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गर्नुभएको हो । वसन्त निरौलाको निर्देशनमा बनेको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेललगायत कलाकारको पनि अभिनय छ । चलचित्रकी निर्मात्रा काली रानी श्रेष्ठ हुनुहुन्छ भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहनुभएको छ । नवीनले यसअघि चलचित्र ‘लाज शरणम्’ निर्माण गर्नुभएको थियो । पत्रकार सुशील पौडेलको लेखन रहेको यस चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, उत्तम न्यौपानेको ध्वनि संयोजन र सुजिल कर्माचार्यको पार्श्व संगीत छ । चलचित्रमा पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

भोटेकोसी करिडोरका सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको नेपाली सेनाले जनाएको छ। शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताए। सुरुङभित्र ख... ...

सुनकोसी मरिणको ठेक्का विवादमा दुई उच्च अधिकारी प्रधानमन्त्री कार्यालयको ‘हिरासत’मा !
काठमाण्डु- राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर सरकार र प्रशासनिक वृत्तमा नयाँ विवाद उत्पन्न भएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको छ। तर पनि उनीहरूलाई प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नराखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […] ...

ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’
झापा।हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ। यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ। चारैतिर पुस्तकका पंक्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन्। कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन्। तीमध्ये एक हुन्, मेचीनगर–१० ...

ब्राजिलको चुनावलाई ट्रम्पले भने- ‘लज्जास्पद’ र ‘अपमानजनक’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको चुनावलाई 'लज्जास्पद' र ब्राजिलियन जनताका लागि 'अपमानजनक' भनी टिप्पणी गरेका छन्। वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले चुनावमा पक्ष लिएको थिइनँ, तर जब ब्राजिलमा जे देखेँ, त्यो शब्दमा वर्णन गर्न गाह्रो छ।’ ब्राजिलमा हालै भएको राष्ट्रपति चुनावमा नेता लुइज इनासि... ...


