Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विदेशमा ‘जलाकी’को माग

विदेशमा ‘जलाकी’को माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशमा ‘जलाकी’को माग

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ दर्शकमाझ लोकप्रिय बनेसँगै विदेशमा समेत माग बढ्न थालेको छ । दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको गीतलाई झन्डै ६० लाख पटक हेरिएको छ भने यसै गीतमा आधारित १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । गीतको लोकप्रियतासँगै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुने क्रम अघिबढेको छ । चलचित्रको अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार यसैसाता बिक्री भएको हो । यी दुई देशको प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको निर्देशक अशोक थापा मगरले जानकारी दिनुभयो । निर्देशक मगरका अनुसार अमेरिका र क्यानडामा चलचित्र प्रदर्शनको मिति वितरक र निर्माताबीचको आपसी सल्लाहमा तय गरिनेछ । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन अशोक थापा मगरले गर्नुभएको हो । चलचित्रमा उपासना सिंह ठकुरी, सोनम ताप्देन, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्कबहादुर पुन, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । अभिनेता विजय लामा यस चलचित्रमा विशेष भूमिकामा देखिनुहुनेछ । चलचित्रको लेखन तथा सम्पादन पनि निर्देशक मगर स्वयंले गर्नुभएको हो । ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा चलचित्रका निर्माता हुनुहुन्छ । मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर प्रेमकथा प्रस्तुत गरिएको चलचित्र ‘जलाकी’ले गीतको लोकप्रियतालाई हलसम्मको दर्शकीय आकर्षणमा बदल्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

हिवाँरी डाँडा
ताजा खबरJust now

हिवाँरी डाँडा

यो पर्यटकीय स्थल सडक पहुँचको विकास तथा पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ...

हाम्राकुरा
विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास
ताजा खबरJust now

विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने महिलालाई अब आजीवन कारावास

अस्ट्रेलिया । विषालु च्याउ मिसाएर खाना खुवाउँदै तीन जनाको हत्या गरेकी एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाइएको छ । पुनरावेदन अदालतले यसअघि सुनाइएको सजाय अपराधको गम्भीरताका तुलनामा अपर्याप्त रहेको ठहर... ...

रातोपाटी
यी ६ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
ताजा खबरJust now

यी ६ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।  जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उप... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play